close

लाखौं भीपीएन प्रयोगकर्ताको डेटा लिक

टेकपाना टेकपाना

असार १५, २०७९ १४:२२

लाखौं भीपीएन प्रयोगकर्ताको डेटा लिक

काठमाडौं । निःशुल्क रुपमा उपलब्ध भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) सेवा प्रदायक ‘बीन’ भीपीएनका लाखौं प्रयोगकर्ताको डेटा लिक भएको छ ।

साइबर सुरक्षा अनुसन्धान कम्पनी साइबरन्युजका अनुसार ‘बीन’ भीपीएन प्रयोगकर्ताको विवरण सहितको १८ जीबीको फाइल डार्क वेबमा फेला परेको छ, जसमा हजारौं प्रयोगकर्ताको दुई करोड रेकर्ड रहेको जनाइएको छ ।

यसअन्तर्गत डिभाइसको आईडी, प्ले सर्भिस आईडी, आईपी एड्रेस, कनेक्सन स्टप लगायतको जानकारी रहेको साइबरन्युजले उल्लेख गरेकाे छ ।

लिक भएको डेटामार्फत प्रयोगकर्ताको लोकेसन सहजै फेला पार्न सकिन्छ । साथै प्ले सर्भिस आईडीको प्रयोग गरी प्रयोगकर्ताको ईमेल एड्रेस फेला पारी लगइन गर्नसक्ने साइबर सुरक्षा अनुसन्धानकर्मी आर्स नजारोभासले बताएका छन् ।

गुगल प्ले स्टोरमा उपलब्ध यो एप ५० हजारभन्दा बढी डाउनलोड भएको छ । तर यो भीपीएन एप्पलकाे एप स्टोरमा भने उपलब्ध छैन ।

यता भीपीएन कम्पनीको वेबसाइटमा भने प्रयोगकर्ताको एक्टिभिटी लग नराख्ने दाबी गरिएकाे छ । तर, लिक भएको डेटामा एक्टिभिटी लग उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३