close

बम डिस्पोज गर्न नेपाली सेनासँग यस्ता छन् रोबट

टेकपाना टेकपाना

असार १६, २०७९ ११:५३

बम डिस्पोज गर्न नेपाली सेनासँग यस्ता छन् रोबट

सुरेश थापा
प्रमुख सेनानी, नेपाली सेना (ईओडी युनिट)

पछिल्लो समय नेपाली सेनाले विभिन्न शंकास्पद वस्तु निष्कृय पार्न रोबट प्रयोग गर्दै आएको छ । २०५९ सालमा द्वन्द्वकालकाे अवस्थामा स्थापना भएको नेपाली सेनाको एक्सप्लोसिभ अर्डिनेसन्स डिस्पोजल युनिट ‘ईओडी’ले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका रोबटको प्रयोग गर्दै शङ्कास्पद वस्तुहरू निष्कृय पार्दै आएको छ ।

विशेषगरी द्वन्द्वको समयमा विभिन्न शङ्कास्पद वस्तुहरू भेटिने भएकाले नेपाली सेनाले त्यस किसिमका वस्तुहरू निष्क्रिय पार्दै आम जनजीवनलाई सुरक्षित र सामान्य बनाउँदै आएको छ । सेनालाई सुरुवातमा बेलायती सरकारले विभिन्न रोबट प्रदान गर्नुका साथै तालिमका लागि पनि सहजीकरण गर्दै आएको थियो ।

स्थापनाकालमा बम डिस्पोजलका लागि रिमोट अपरेटेड भेहिकलको प्रयोग हुँदै आएकोमा पछिल्लो समय विभिन्न ठेक्का प्रक्रियामार्फत नेपाली सेना आफैँले खरिद गरेको रोबटको प्रयोग गर्दै आएको छ ।

सोही समयमा सेनाले लिएको नेपालमा बनेको तीनवटा रोबटलाई भने अपरेसनल कार्य अन्तर्गत प्रत्यक्षरूपमा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्ने काम नगरी त्यसलाई तालिम मार्फत र अन्य कार्यमा प्रयोग गर्दै आएको छ ।

बम अथवा शंकास्पद वस्तु डिस्पोजल गर्नका लागि सहयोग स्वरुप प्राप्त भएको अथवा नेपाल आर्मीले उपलब्ध  गराएको रोबर्टलाई नै प्रयोग गर्दै आएको छ ।

सेनाले बम डिस्पोजलका लागि रोबट प्रयोग गर्ने क्रमसँगै यसले सुरक्षाको जोखिम कम बनाउँदै आएको छ । तर रोबटको प्रयोग हुन नसक्ने वा पुग्न नसक्ने स्थानमा अहिले पनि म्यानुअल प्रक्रियाबाट डिस्पोजल गर्दै आएका छौँ ।

रोबटको प्रयोगले सुरक्षालाई धेरै हदसम्म सुरक्षित र प्रभावकारी बनाउँदै आएको छ । शतप्रतिशत बम डिस्पोजल कार्य सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी त छैन, तर रोबटको प्रयोग गर्दा धेरै मात्रामा सहज हुने गरेको छ ।

विद्युतीय सामाग्रीको प्रयोग गर्दा त्यसमा समस्या आउने जोखिम त हुन्छ नै तर त्यसको प्रयोग गर्न पूर्व हामीले जाँचेर, ब्याट्री चार्ज गर्ने देखि मर्मतमा पनि विशेष ध्यान दिने गरेको हुन्छ । तथापि कतिपय अवस्थामा भने रोबटले काम नगरेमा नेपाली सेनाले सेमी-रिमोट प्रक्रियाद्वारा बम डिस्पोजल गर्दै आएको छौँ ।

सेमी-रिमोट प्रक्रियामा बम सुटको प्रयोग गरि बम डिस्पोज गरिन्छ । बम डिस्पोजल गर्नका लागि सेमी- रिमोटसंगै म्यानुअल प्रक्रियाको पनि प्रयोग गर्ने गरिएको छ ।

विगतका केही घटनालाई हेर्ने हो भने, रोबटले बम डिस्पोजल गर्दा कुनै कुनै ठाउँमा विस्फोटन भएका घटना पनि छन् । यसमा रोबटको प्रयोग गर्न नसकेको अवस्था पनि छ । त्यस्तो अवस्थामा सेमी-रिमोट र म्यानुअल प्रक्रियाबाट शंकास्पद बस्तुलाई निष्क्रिय गर्दै आएको छ ।

डिस्पोजलको बेला कुनै पनि शंकास्पद बस्तुलाई निष्क्रिय बनाउने समयमा त्यो शंकास्पद बस्तु बिस्फोट भएर रोबटमा क्षति हुन गएको खण्डमा वा त्यसलाई हामीले प्रयोग गर्न नसकेको खण्डमा भने हामीले टाढाबाट रिमोट कन्ट्रोलबाट सञ्चालन गर्छौ ।

यदि रोबटले डिस्पोजल गर्न नसकेको अवस्थामा मान्छेले नै गएर त्यसलाई निष्क्रिय गरिन्छ । त्यसैले, त्यसलाई पुनः बनाउन सकिन्छ सकिदैन त्यसमा हुने क्षतिले निर्धारण गर्छ । त्यसमा धेरै नै क्षति भएको अवस्थामा बनाउन पनि नसकिएला तर कुनै सीमित भागमा मात्र क्षति भएको छ भने त्यसलाई नेपाली सेनासँगै भएको मेकानिकबाट पनि बनाउन सकिन्छ ।

त्यस्तै कतिपयलाई आउटसोर्सिङ गरेर पनि त्यसको मर्मत गर्दै आएका छौँ । रोबटको संख्या हाम्रो आवश्यकता र कामको लियाज अनुसार अहिले पर्याप्त छ । यसमा कुनै मर्मतको प्रक्रियामा रहेका छन् ।

यसलाई हामीले क्रमिक रुपमा मर्मत गर्दै आएका छौं । हाम्रो देशको भौगोलिक अवस्थालाई हेर्ने हो भने सबै ठाउँमा रोबटले काम गर्न सक्दैन । विशेषगरी सहरी क्षेत्रमा जहाँ रोबट गुडेर जान सक्छ ।

त्यस्ता ठाउँहरुमा मात्रै रोबोटको प्रयोग हुँदै आएको छ । त्यसैले कामको आवश्यकता अनुसार पर्याप्त मात्रामा नेपाली सेनासँग  रहेको छ । बम डिस्पोजल कार्यमा काठमाडौँ उपत्यकाभित्र हाम्रो इओडी युनिट छौँ ।

त्यसबाहेक पनि सबै ठाउँमा कम्ब्याक्ट इन्जिनियर युनिट जसलाई गण पनि भनिन्छ । उहाँहरु त्यहाँ हुनुहुन्छ । त्यहाँ पनि हामीसँग रोबोट भएसँगै सेमी-रिमोट प्रक्रियाबाट पनि बम डिस्पोज गर्दै आएका छौं ।

यो कार्य सातवटै प्रदेशमा रहेका इन्जिनियरिङ युनिटले गर्दै आएका छन् । आवश्यकता अनुसार काठमाडौंबाट तालिमहरू प्रदान गर्छौ भने परेका बेला शंकास्पद स्थानमा नेपाली सेना खटाउँदै आएका छौँ ।

तर  स्रोत र साधनको हिसाबले  हेर्ने हो भने हामीसँग भए जस्तो बाहिर नहोला तर हाम्रो मुख्य ड्युटी बम डिस्पोजल हो भने उनीहरूले अरूपनि भएपनि बम डिस्पोजल गर्दै आएका छन् ।
(टेकपानासँगको कुराकानीमा आधारित)

हेर्नुहोस् भिडिओ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३