close

अब भाइबरबाटै यति एयरलाइन्सको टिकट काट्न सकिने

टेकपाना टेकपाना

असार १६, २०७९ १६:२२

अब भाइबरबाटै यति एयरलाइन्सको टिकट काट्न सकिने

काठमाडौं । अब भाइबरबाटै यति एयरलाइन्सकाे टिकट काट्न सकिने भएकाे छ । सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले भाइबरसँगको सहकार्यमा याे सुविधा ल्याएकाे हाे ।

यसका लागि भाइबरमा पाँच ओटा १० अर्थात् ‘१०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट काट्न सकिने कम्पनीले जनाएकाे छ । कम्पनीले यसलाई ‘भर्चुअल सेल्स काउन्टर’ काे नाम दिएकाे छ ।

बिहीबारदेखि सुरु भएकाे यो काउन्टरमार्फत ग्राहकले भर्चुअल रूपमै टिकट काट्न सक्नेछन् । कम्पनीका अनुसार यो काउन्टर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म १२ घण्टा खुला रहनेछ ।

यो अवधिमा यात्रुले पाँच ओटा १० मा भाइबरमार्फत म्यासेज पठाई आफ्नो गन्तव्यका लागि टिकट काट्न सक्नेछन् । त्यसरी काटिएको टिकटको भुक्तानी क्यूआर स्क्यानमार्फत सहजै गर्नसकिने कम्पनीले जनाएको छ ।

यति एयरलाइन्सको टिकट मोबाइल एप, मोबाइल वालेट, वेबसाइट, सेल्स काउन्टर तथा ट्राभल एजेन्सीमार्फत पनि काट्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३