close

नेटफ्लिक्समा पनि विज्ञापन आउँदै, बढ्लान् त सब्सक्राइबर ?

टेकपाना टेकपाना

असार १६, २०७९ १७:११

नेटफ्लिक्समा पनि विज्ञापन आउँदै, बढ्लान् त सब्सक्राइबर ?

काठमाडौं । अहिले नेटफ्लिक्सलाई सबैतिरबाट चाप परिरहेको छ । बजारमा आफूजस्तै अन्य प्रतिस्पर्धी बढेपछि नेटफ्लिक्सका सब्स्क्राइबर घटिरहेका छन् । सब्स्क्राइबर घटेसँगै यो वर्षमात्रै ४५० बढी कर्मचारीलाई निकालिसकेको छ ।

यसरी दैनिक रूपमा सब्स्क्राइबर घटेपछि कम्पनीले आफ्नो अस्तित्व जोगाउन विभिन्न वैकल्पिक रणनीतिहरू अपनाइरहेको छ ।

यसअन्तर्गत कम्पनीले सबैभन्दा पहिले सब्स्क्रिप्सन सस्तो बनाएको छ । सब्स्क्राइबर बढाउन कम्पनीले एड-सपोर्टेड सब्स्क्रिप्सन मोडल (विज्ञापन जति धेरै हेर्‍यो, त्यति कम मूल्यको सब्स्क्रिप्सनको व्यवस्था) ल्याउने भएको छ ।

हालै सम्पन्न क्यानेन्स लायन एड्भर्टाइजिङ फेस्टिभल मा नेटफ्लिक्सका सह-कार्यकारी अधिकृत टेड सारान्डोसले नेटफ्लिक्सले सब्स्क्रिप्सन सस्तो बनाउन विज्ञापन प्रयोग गर्ने पुस्टि गरेका हुन् । जब कि यो प्लेटफर्म सुरुवातदेखि नै विज्ञापन समावेश गर्ने कुराको विरुद्धमा थियो ।

कार्यक्रममा सारान्डोसले सस्तो सब्स्क्रिप्सन खोज्ने प्रयोगकर्तालाई यो सुविधा उपयुक्त हुने उल्लेख गरेका छन् । नेटफ्लिक्सले कति सस्तोमा सब्स्क्रिप्सन उपलब्ध गराउनेछ भन्ने विषयमा उनले जानकारी गराएनन् ।

त्यस्तै उनीहरूले यो सुविधा विश्वभर उपलब्ध हुने वा कुनै निश्चित देशमा उपलब्ध हुने भन्ने पनि खुलाएका छैनन् ।

यद्यपि एड-सपोर्टेड सब्स्क्रिप्सन मोडल ल्याउने तयारी गरिरेको नेटप्लिक्स पहिले स्ट्रिमिङ प्लेटफर्म होइन । यसअघि नै हुलु, डिज्नी प्लस जस्ता प्लेटफर्मले यस अघि नै यस्तो सुविधा ल्याइसकेका छन् ।

एड-सपोट्रेड सब्स्क्रिप्सन मोडेलका साथसाथै नेटफ्लिक्स गेमिङ संसारमा पनि आफ्नो अस्तित्व बनाउँदै छ ।

त्यस्तै नेटफ्लिक्सले पासवर्ड शेयर गर्नेहरूका लागि पनि अन्य भुक्तानी प्रणाली ल्याउन लागेको छ, जसले गर्दा उनीहरूले पासवर्ड शेयर गरेबापत पनि शुल्क तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३