close

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

टेकपाना टेकपाना

असार १६, २०७९ १८:५७

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

काठाडौं । बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी भएको पाइएको छ । काठमाडौं महाराजगञ्जमा चिया पकाउने क्रममा चुल्होमा आगलागी भएको हो । 

एक टेलिभिजनमा पत्रकार समेत रहेकी शारदा शर्माले करिब एक महिना अघि नजिकैको सेल्स बेरीबाट उक्त इन्डक्सन चुल्हो खरिद गरेकी थिइन् । “बुधबार साँझतिर घरमा चया पकाइसकेपछि इन्डक्सन चुल्हो बन्द गरेर अर्को कोठामा गएर चिया पिउँदै थिएँ,” उनले सुनाइन्, “भान्सामा गएर हेर्दा इन्डक्सनमा रातो घेरा देखिएको थियो । पछि बाहिर निकाल्दा झ्याप्पै आगोको ज्वाला निस्कियो ।”

आफूले विगत चार पाँच वर्षदेखि विद्युतीय चुल्हो प्रयोग गर्दै आएको भए पनि अहिलेसम्म यस्तो घटना भोग्नु नपरेको उनको भनाई छ । “बाल्ट्राको इन्डक्सन चुल्हो दैनिक जसो प्रयोग गर्दै आएकी थिएँ,” उनले अगाडि भनिन्, “खरिद गर्दा एक वर्षको वारेन्टी दिइएको थियो । तर एक महिनामै यस्तो भयो ।”

आफू घरमै रहेको र साँझको बेला भएकाले चुल्होमा आगलागि भए पनि कुनै ठूलो दुर्घटना भने हुन नपाएको शारदाले बताइन् । यद्यपि उनले कम्पनीलाई घटनाबारे जानकारी भने गराइसकेकी छैनन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३