close

यी हुन् ट्वीटरमा १० करोड बढी फलोअर हुने ६ सेलिब्रेटी

टेकपाना टेकपाना

असार १७, २०७९ १०:३७

यी हुन् ट्वीटरमा १० करोड बढी फलोअर हुने ६ सेलिब्रेटी

काठमाडौं । हाल ट्वीटरका ३९ करोड ६५ लाख प्रयोगकर्ता छन् भने २० कराेड ६० लाख मासिक सक्रिय प्रयोगकर्ता छन् ।

गत मंगलबार विश्वका धनाढ्य तथा टेस्ला सीईओ एलन मक्सको फलोअर संख्या १० करोड नाघेकाे छ । याेसँगै ट्वीटरमा १० करोडभन्दा बढी फलोअर हुने प्रयाेगकर्ताको सङ्ख्या छ पुगेको छ ।

१० करोड फलोअर हुने छ ट्वीटर अकाउन्टमध्ये १३ करोड २१ लाख फलोअरका साथ बाराक ओबामा शीर्ष स्थानमा छन् । उनी अमेरिकाका ४४औं राष्ट्रपति हुन् ।

त्यस्तै ११ करोड ४१ लाख फलोअरका साथ दोस्रो स्थानमा क्यानडाका पप गायक जस्टिन बिबर छन् ।

तेस्रो स्थानमा १० करोड ८८ लाख फलोअरका साथ अमेरिकी गायिका क्याटी पेर्री रहेकी छन् ।

त्यसैगरी चौंथो स्थानमा बार्बाडोसकी गायिका रिहन्ना छन् । उनको ट्वीटर अकाउन्टलाई १० करोड ६९ लाखले फलो गरेका छन् ।

पाँचौं स्थानमा रहेका छन्, चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो । उनको ट्वीटर अकाउन्टमा १० करोड १४ लाख फलोअर रहेका छन् ।

छैठौं स्थानमा हालै १० करोड फलोअर पार गरेका एलन मस्क रहेका छन् । हाल उनको ट्वीटर अकाउन्टमा १० करोड तीन लाख फलोअर रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३