close

आईसीटी अवार्ड २०२२ हुँदै, ११ विधामा नोमिनेसनका लागि अनलाइन आवेदन खुला

टेकपाना टेकपाना

असार १७, २०७९ १३:३७

आईसीटी अवार्ड २०२२ हुँदै, ११ विधामा नोमिनेसनका लागि अनलाइन आवेदन खुला

काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा सातौं संस्करणको आईसीटी अवार्ड हुने भएको छ । यसका लागि आजदेखि अनलाइन नोमिनेसन (आवेदन) खुलाइएको छ ।

यस संकरणमा विभिन्न ११ विधामा नोमिनेसन खुला गरिएको र अनलाइन नोमिनेसन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

उनका अनुसार आईसीटी अवार्डमा प्रतिस्पर्धी आफैं वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन । अवार्डमा नोमिनेसन गर्न यो वेबसाइटमा गएर विधा छनोट गरी अनलाइन फारम बुझाउनुपर्नेछ ।

यस वर्ष नोमिनेसन खुला गरिएको ११ विधाअन्तर्गत स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड गरी तीन विधा स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित रहेका छन ।

त्यस्तै आईसीटीको क्षेत्रमा विशेष योगदान दिएका व्यत्तिलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् ।

यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् ।

यो अवार्डको ग्राण्ड फिनाले मंसिरमा आयोजना हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३