close

गार्मिनले ल्यायो सोलारबाटै चार्ज हुने स्मार्ट वाच, कति छ मूल्य ?

टेकपाना टेकपाना

असार १७, २०७९ १५:४

गार्मिनले ल्यायो सोलारबाटै चार्ज हुने स्मार्ट वाच, कति छ मूल्य ?

काठमाडौं । गार्मिनले सोलारबाट समेत चार्ज गर्न सकिने फिचर सहितको स्मार्ट वाच सार्वजनिक गरेको छ । कम्पनीले डेडिकेटेड जीपीएस भएको स्मार्टवाच फररनर ९५५ भारतीय बजारमा ल्याएको हो ।

कम्पनीले फररनर ९५५ सोलार चार्जिङ भएको विश्वकै पहिलो डेडिकेटेड जीपीएसबाट सञ्चालित स्मार्टवाच भएको दाबी गरेको छ । यसमा पावर ग्लास सोलार चार्जिङ लेन्स राखिएको छ ।

गार्मिनको फररनर २५५ सिरिजमा फररनर २५५ एस बेसिक र फररनर २५५ म्युजिक गरी दुई भर्सन सामेल छन् । दुवै स्मार्ट वाचको ब्याट्री एक पटकको चार्जमा १४ दिनसम्मको ब्याकअप दिने बताइएको छ ।

फररनर ९५५ सोलार स्मार्टवाचको मूल्य एक लाख एक हजार ६०० रुपैयाँ र फररनर ९५५ स्मार्टवाचको मूल्य करिब ८५ हजार ६०० रुपैयाँ राखिएको छ । त्यस्तै फररनर २५५ एस म्युजिक स्मार्टवाचको मूल्य ६७ हजार ७०० रुपैयाँ र फररनर २५५ एस बेसिकको मूल्य करिब ६० हजार रुपैयाँ राखिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३