close

सिम कार्ड डुप्लिकेसन गरी रकम ठगी गर्ने पक्राउ

टेकपाना टेकपाना

असार १८, २०७९ ८:३८

सिम कार्ड डुप्लिकेसन गरी रकम ठगी गर्ने पक्राउ

काठमाडौं । सिम कार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाई रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट बिहीबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमा वैदेशिक रोजगारीका लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति विवरण कागजसमेत लिई झुक्याई पीडितको नागरिकताबाट सिमकार्डसमेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोबाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३