close

ब्रिटिश कलेजमा ‘इन्टरनेट अफ थिङ्स’ ल्याब, के के छन् सुविधा ?

टेकपाना टेकपाना

असार १८, २०७९ १७:५३

ब्रिटिश कलेजमा ‘इन्टरनेट अफ थिङ्स’ ल्याब, के के छन् सुविधा ?

काठमाडौं । ब्रिटिश एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त गरी काठमाडौंमा सञ्चालन भइरहेको द ब्रिटिश कलेज (टीबीसी) मा ‘इन्टरनेट अफ थिङ्स’ ल्याब स्थापना गरिएको छ ।

कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उद्देश्यका साथ शुक्रबारदेखि यो ल्याब सञ्चालनमा ल्याइएको हो ।

‘आवश्यक स्रोत साधनहरुले पूर्ण ल्याबबाट विद्यार्थीहरूलाई छोटो अवधिका कोर्षहरुको प्रदान पनि हुनेछ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ल्याबले विद्यार्थीहरुलाई क्षेत्रीय स्तरका प्रतिस्पर्धा तथा सम्मेलनहरूमा आफ्ना खोज तथा अनुसन्धानहरु प्रस्तुत गर्न सक्नेगरी सहभागिता जनाउने मौकासमेत प्रदान गर्नेछ ।’

ल्याबबाट विद्यार्थीलाई विश्वमा देखिएका समास्याहरुको समाधान गर्न मद्दत पुग्ने विश्वास कलेजले लिएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले गरे । सो अवसरमा बोल्दै उनले आईओटी उदीयमान विषय भएको बताउँदै विद्यार्थीहरुलाई थप अवसर प्राप्त गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।

‘इन्टरनेट अफ थिङ्स महत्त्वको हिसाबले उदीयमान विषय हो । त्यसैले पाठ्यक्रमलाई सहयोग पुर्‍याउने यस विषयले हामीले हाम्रा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक रूपमा उभ्याउने र यस क्षेत्रका विद्यमान अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।

त्यस्तै कलेजका अशाेसिएट डीन अरुण जोशीले ल्याब सुविधाले बीएससी (अन्स) कम्प्युटिङ र बीएससी (अन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक्सका विद्यार्थीहरूका लागि नयाँ र रोमाञ्चक विकासहरूमा पहुँच पुर्‍याउन सक्षम हुने बताए ।

उद्घाटन कार्यक्रममा पाँच जना विद्यार्थीहरुसँगै विषयसँग सम्बन्धित शिक्षकहरुले स्मार्ट सोलार, फेस डिटेक्शन र स्मार्ट होम अटोमेसनलगायत आईओटीसँग सम्बन्धित विभिन्न विषयमा प्रस्तुति दिएका थिए ।

यसका साथै आईओटीसँग सम्बन्धित पाठ्यक्रमहरू जुलाई १५ बाट आधिकारिक रूपमा सुरु हुने कलेजले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३