close

पेपालको नयाँ नियम, अब व्यक्तिगत अकाउन्टबाट मात्र रकम प्राप्त गर्न सकिने

टेकपाना टेकपाना

असार १८, २०७९ २२:३६

पेपालको नयाँ नियम, अब व्यक्तिगत अकाउन्टबाट मात्र रकम प्राप्त गर्न सकिने

काठमाडौं । पेपालले आफ्नो भुक्तानी प्रणालीमा कारोबारलाई थप विश्वसनीय बनाउन नयाँ सीमितता थप गरेको छ । जुलाई २८ देखि पेपालको व्यक्तिगत अकाउन्टबाट मात्र साथी तथा परिवारले पठाएको रकम प्राप्त गर्न सकिनेछ ।

पेपालको भुक्तानी प्रणालीमा दुई प्रकारको नियम छ; साथी तथा परिवार र सामान तथा सेवा ।

साथी तथा परिवार भुक्तानी प्रणालीमा आफ्नो साथी तथा परिवारको सदस्यहरूलाई तिर्नुपर्ने रकम, कसैलाई उपहार स्वरुप ट्रान्सफर गर्ने रकम लगायतको व्यक्तिगत भुक्तानीहरू पर्दछ । यसका लागि पेपालले भुक्तानी शुल्क लिँदैन ।

यस्तै सामान तथा सेवा अन्तर्गतको भुक्तानी प्रणालीमा भने कुनै सामान खरिद गर्दा तिर्नुपर्ने रकम लगायत व्यावसायिक भुक्तानीहरू पर्दछ ।

यस्तो भुक्तानीको लागि पनि पेपालले भुक्तानी शुल्क लिने गर्छ । यही भुक्तानी शुल्क नतिर्नको लागि पेपाल प्रयोगकर्ताहरुले व्यावसायिक अकाउन्टबाट व्यावसाय गरेपनि भुक्तानी भने व्यक्तिगत अकाउन्टबाट लिने तथा दिने गर्ने गरेकोले पेपालले यो व्यवस्थालाई सीमित गर्न लागेको बताइएको छ ।

यो नयाँ फिचरसँगै अब व्यावसायिक अकाउन्टहरूले निःशुल्क व्यक्तिगत अकाउन्टबाट भुक्तानी गरेको रकम प्राप्त गर्न सक्नेछैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३