close

अनलाइन स्टाटस लुकाउन मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप 

टेकपाना टेकपाना

असार १९, २०७९ १०:४६

अनलाइन स्टाटस लुकाउन मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप 

काठमाडौं । ह्वाट्सएपले अनलाइन स्टाटस लुकाउन मिल्ने फिचर थप गर्ने तयारी गरिरहेको छ । 

ह्वाट्सएप बेटा इन्फो (डब्लुएबेटाइन्फो) मा प्रकाशित एक लेखका अनुसार ह्वाट्सएपमा प्रयोगकर्ताले आफू अनलाइन हुँदा अन्य प्रयोगकर्ताले थाहा नपाउने फिचरको परिक्षण गरिरहेको छ । प्रकाशित लेखमा सार्वजनिक भएको स्क्रिनसटका अनुसार प्रयोगकर्ताले आफू अनलाइन भएको कुरा कसलाई थाहा पाउन दिने र कसलाई थाहा नदिने छुट्टाएर आफ्नो अनलाइन स्टाटस अपडेट गर्न सक्नेछन् । 

केही समय अगाडि मात्र ह्वाट्सएपमा आफ्नो लास्ट सिन लुकाउन मिल्ने फिचर आएको थियो । अनलाइन स्टाटस लुकाउन मिल्ने फिचरले सो फिचरलाई पनि सहयोग पुग्ने विश्वास लिइएको छ । 

यो फिचर सार्वजनिक भएसँगै आफ्नो लास्ट सिन देख्न नमिल्ने प्रयोगकर्ताले आफू अनलाइन भएको पनि देख्न नमिल्ने बनाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३