close

अब अनलाइनबाटै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न सकिने  

टेकपाना टेकपाना

असार १९, २०७९ १३:२१

अब अनलाइनबाटै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न सकिने  

काठमाडौं । अब म्यानपावर कम्पनी (वैदेशिक रोजगार व्यवसायी) ले पनि इजाजतपत्र अनलाइनबाट नै नवीकरण गर्न सक्ने भएको छ । 

वैदेशिक रोजगार विभागले एक सूचना जारी म्यानपावर कम्पनीहरूलाई अनलाइन मार्फत आफ्नो इजाजतपत्र नवीकरण गर्न सक्ने जानकारी दिएको हो । विभागका अनुसार कम्पनीहरूले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत नवीकरणको लागि निवेदन दिन सक्ने छन् । साथै अनलाइन प्रणाली मार्फत नै आफ्नो कम्पनीको इजाजतपत्र नवीकरण गर्न सकिने पनि विभागले जनाएको छ । 

‘२०७९ असार मसान्तसम्म नवीकरण भएका इजाजतपत्रवाला संस्थाले आ.व २०७९/८० को लागि इजाजतपत्र नवीकरण गर्न तोकिएको म्यादभित्र कागजातहरू सम्बन्धित संस्थाको संचालकबाट प्रमाणिकरण भई अपलोड गरी यस विभागको एफईआईएमएस मार्फत समेत निवेदन गर्न सकिने र अनलाइन प्रणाली मार्फत नै नवीकरण गरिनेछ,’ सूचनामा उल्लेख छ । 

नवीकरण प्रकृयामा जानको लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३