close

 पूर्वपत्नीको तस्बिर सँगै ट्वीटरमा फर्किए एलन मस्क 

टेकपाना टेकपाना

असार १९, २०७९ १४:२१

 पूर्वपत्नीको तस्बिर सँगै ट्वीटरमा फर्किए एलन मस्क 

काठमाडौं । एलन मस्क केही दिनदेखि ट्वीटमा निष्कृय थिए । धेरै मानिसहरूलाई उनी कहाँ गए वा के गर्दै होलान् भन्ने चासो थियो । तर, नौ दिनसम्मको ट्वीटरको मौनतालाई तोड्दै शनिबार उनी ट्वीटरमा फर्किएका छन् । 

उनले नौ दिनसम्मको मौनता क्यान्सरका कारण मृत्यु भएका युट्युवरलाई समर्पण गर्दै तोडेका हुन् । त्यस्तै उनले आफ्नो ४० औं जन्मदिनमा पूर्व पत्नीसँगको पोस्ट गरेको फोटो पुन: रिपोस्ट पनि गरेका छन् । यो सँगै उनले हालसालै आफ्ना चार जना छोरा र पोप फ्रयाङ्किससँगको (Pope Francis) फोटो पनि शेयर गरेका छन् । 

ट्वीटरमा केही दिनदेखि ट्वीटर खरिदका विषय र त्यसमा भएका उनका योजना ट्वीट गर्दै आएका मस्क एक्कासि आफ्नो परिवारसँग खिचेको फोटो राखेर फर्केको देख्दा उनका प्रशंसक अचम्मित भएका छन् । मस्ककी पूर्वपत्नी नायिका राइलीसँग उनको दुईपटक विवाह भएको थियो। पहिलो पटक राइलीसँग मस्कको सन् २०१० मा बिवाह भएको थियो जुन सन् २०१२ मा सम्बन्धविच्छेद भएर टुङ्गिएको थियो भने दोस्रो पटक २०१३ मा उनैलाई मस्कले दोस्रो पटक बिहे गरेका थिए । 

पतिपत्नीसँग मस्कको सम्बन्ध थप तीन वर्ष टिकेको थियो । जुन सन् २०१६ मा पुनः सम्बन्धविच्छेद भएर टुङ्गिएको थियो । हाल राइली उनका को-स्टार थोमस ब्रोडि स्याङस्टर (Thomas Brodie-Sangster) सँग डेट गरिरहेकी छिन् । धेरै मानिसहरूले टेस्लाको शेयर खस्किएकोले र समलिङ्गी छोरीले सर्वोच्च अदालतमा हालेको मुद्दाको कारणले मस्क गायब भएको अनुमान गरेका थिए । 

तर, उनले शनिवार पूर्वमन्त्रीसँगको फोटो शेयर गर्दै ‘भेनस सम्झनाको एउटा स्थान’ भन्दै ट्वीट गरेका छन् । जसको अर्थ उनले आफ्नी पूर्वपत्नीलाई सो पोस्ट समर्पण गरेका हुन् भन्ने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३