close

एन्ड्राेइड प्रयाेगकर्ताका लागि आउटलुक लाइट एप ल्याउँदै माइक्रोसफ्ट

टेकपाना टेकपाना

असार २०, २०७९ १०:३९

एन्ड्राेइड प्रयाेगकर्ताका लागि आउटलुक लाइट एप ल्याउँदै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गर्दै आउटलुकको नयाँ एप ल्याउने भएकाे छ ।

कम्पनीले एन्ड्राेइड प्रयाेगकर्ताका लागि ‘आउटलुक लाइट’ ल्याउन लागेकाे हाे । यो एप जुलाई महिनाभित्रै एन्ड्रोइड प्रयोगकर्तामाझ उपलब्ध गराउने कम्पनीकाे तयारी छ ।

सानाे साइजमा उपलब्ध हुने एप प्रयोग गर्न सहज हुने बताइएकाे छ । विशेषगरी कम्पनीले कम मूल्य अर्थात् लो-इन्ड डिभाइसलाई लक्षित गर्दै यो एप सार्वजनिक गर्ने तयारी गरेको हो ।

यसले आउटलुक, हटमेल, लाइभ र एमएसएनमात्रै सपोर्ट गर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३