close

सात प्रदेशका २५ स्थानमा चार्जिङ स्टेसन राख्दै सीजी मोटर्स

टेकपाना टेकपाना

असार २०, २०७९ १०:५५

सात प्रदेशका २५ स्थानमा चार्जिङ स्टेसन राख्दै सीजी मोटर्स

काठमाडौं । नेपालका लागि विद्युतीय कार नेटा भीको आधिकारिक बिक्रेता सीजी मोटर्सले देशभर चार्जिङ स्टेसन बनाउने भएको छ । बुकिङ लिएर बिजुली गाडीको बिक्री सुरु गर्ने तयारीमा रहेको कम्पनीले चार्जिङ स्टेसन निर्माण गर्ने योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार अबको तीन महिनामा इटहरी, ढल्केबर, काठमाडौं, चितवन, हेटौँडा, पोखरा र बुटवलमा चार्जिङ स्टेसन तयार हुनेछ । यसैगरी छ महिनाभित्र विराटनगर, बर्दिबास, मूलकोट, नेपालगञ्ज, धरान र धनगढी तथा एक वर्षभित्र बिर्तामोड, जनकपुर, सिमरा, मुग्लिन, बागलुङ, पाल्पा, दाङ, सुर्खेत र महेन्द्र नगरमा समेत चार्जिङ स्टेसन निर्माण सम्पन्न हुने सीजी मोटर्सले जनाएको छ । 

यि चार्जिङ स्टेसनहरू सार्वजनिक यातायातका लागि समेत उपयोगमा ल्याउने कम्पनीको योजना छ । यति मात्र नभएर अबको तीन महिनाभित्र देशका सबै महानगरपालिकामा शोरूम र सर्भिस समेत राखिने सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले जानकारी दिए । “यसका साथै अबको छ देखि आठ महिनामा सबै उपमहानगरमा समेत त्यसलाई विस्तार गर्ने योजनामा छौँ,” उनले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३