close

विश्वकप फुटबलको प्रायोजकमा भिभो

टेकपाना टेकपाना

असार २०, २०७९ ११:११

विश्वकप फुटबलको प्रायोजकमा भिभो

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभो यसै वर्ष कतारमा आयोजन हुने विश्वकप फुटबलको आधिकारिक प्रायोजक बनेको छ । सन् २०१८ काे फिफा विश्वकपदेखि भिभाेले आधिकारिक स्मार्टफोन ब्राण्डको रुपमा उपस्थिति जनाउँदै आएको छ ।

‘फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण हो,’ भिभो नेपालका सीईओ माइकलले भने, ‘सुन्दर खेल भनेर चिनिने फुटबलसँग उमेर, जात, लिङ्ग र संस्कृतिको बावजुद विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउनसक्ने शक्ति छ ।’

उनले अगाडि भने, ‘वास्तवमा यसको साँच्चिकै विश्वव्यापी पहुँच छ । यसले विश्वभरका अर्बौंलाई प्रभाव पार्ने र प्रेरित गर्ने क्षमता राख्दछ, जसले प्रतिष्ठित फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउँछ, किनकि हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रहरूमा उपस्थिति रहेको छ ।’

यो साझेदारीले खेलकुदलाई प्रवर्द्धन गर्ने कम्पनीको अन्तर्निहित मूल्यलाई समेत प्रतिबिम्बित गर्ने उनको दाबी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३