close

स्वीकृति नलिई माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न प्राधिकरणको चेतावनी

टेकपाना टेकपाना

असार २०, २०७९ ११:१५

स्वीकृति नलिई माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न प्राधिकरणको चेतावनी

काठमाडौं । नियामक निकायको रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति बिना माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न सचेत गराएको छ

सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले अनुमति नलिई एल सिक्स गिगाहर्ज फ्रिक्वेन्सी प्रयोग भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

‘प्राधिकरणको स्वीकृति बिना विभिन्न व्यक्ति तथा संस्थाहरूले दूरसञ्चार सेवामा प्रयोग हुने एल सिक्स गिगाहर्ज (5.925 GHz to 6.425 GHz )  ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग गर्न सक्ने भन्ने बुझिएको छ,’ सूचनामा भनिएको छ, ‘स्वीकृति नलिई त्यस्तो फ्रिक्वेन्सी प्रयोग नगर्न/नगराउन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

अनुमति प्राप्त नगरी अनधिकृत रुपमा दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुने समेत प्राधिकरणले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३