close

उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

टेकपाना टेकपाना

असार २०, २०७९ १३:२

उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

काठमाडौं । चिनियाँ फ्लाइङ कार निर्माता एक्सपेङले आफ्नो पहिलो व्यावसायिक कार सार्वजनिक गर्ने तयारी गरेहेको छ । यसका लागि कम्पनीले हालै कारकाे सफल परीक्षण गरेकाे दाबी गरेकाे छ ।

एक्सपेङको ‘पी सेभेन’ मा आधारित यो कारको नाम हालसम्म सार्वजनिक गरिएको छैन । तर, केही दिनअघिमात्रै यो कार चीनको रोडमा परीक्षणका क्रममा भेटिएको थियो ।

सार्वजनिक भएको तस्वीरअनुसार कारमा एक्सटेन्डेट ह्विलवेस रहेको छ । गाडीको भागभन्दा पनि यसको छतमा रहेको विषयले सबैलाई ध्यानाकर्षण गर्न सफल भएको छ ।

हुन त तस्वीरमा देखिएको कारमा भने माथिको भाग ढाकिएको छ । तर, कम्पनीले यसअघि दर्ता गराएको पेटेन्ट अनुसार छतमा पंखा फोल्ड भएर राख्नका लागि एउटा बक्स उपलब्ध हुनेछ ।

सन् २०२४ मा सार्वजनिक गर्ने तयारीमा रहेको यो कारको मूल्य दुई लाख १५ हजार अमेरिकी डलर अर्थात् दुई करोड ७५ लाखको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

यसअघि कम्पनीले दुईजना यात्रुलाई लक्षित गर्दै एक्सपेङ भोयागर ‘एक्सटु’ को कन्सेप्ट सार्वजनिक गरेको थियो । उक्त कार १३० किलोमिटर प्रति घण्टाका दरले ३५ मिनेटसम्म उड्नसक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३