close

एप्पल वाचले अब शरीरको ज्वरो पनि नाप्ने !

टेकपाना टेकपाना

असार २०, २०७९ १३:३५

एप्पल वाचले अब शरीरको ज्वरो पनि नाप्ने !

काठमाडौं । एप्पल वाच सिरिज ८ ले शरीरमा ज्वरो आए/नआएको पत्ता लगाउने भएको छ । त्यसका लागि कम्पनीले बडी टेम्प्रेचर सेन्सर प्रयोगमा ल्याएकाे छ ।

ब्लुमबर्गका अनुसार स्वास्थ्य र फिटनेस केन्द्रित याे वाचले प्रयोगकर्तालाई ज्वरो आएको छ वा छैन भनेर थाहा दिनेछ । यसले थर्ममिटरले जस्तै काम नगरेपनि शरीरकाे तापक्रम तलमाथि भएको जानकारी दिने र त्यसका आधारमा चिकित्सकलाई भेट्न सुझाव दिने जनाइएको छ ।

हाल यो फिचरका लागि कम्पनीले आन्तरिक परिक्षण गरिरहेको छ । परीक्षण सफल भएको खण्डमा आगामी उत्पादनमा यो फिचर उपलब्ध हुनेछ । अघिल्ला केही रिपाेर्ट अनुसार याे सेन्सरले प्रयाेगकर्ताकाे फर्टिलिटी (प्रजनन क्षमता) काे पनि ट्र्याकिङ गर्नेछ ।

तर, कम्पनीले इन्ट्री लेभलको रुपमा ल्याउन लागेको एप्पल वाच एसईमा भने यो फिचर उपलब्ध हुनेछैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३