close

बेलायती सेनाको युट्युब र ट्वीटर अकाउन्ट ह्याकरको कब्जामा

टेकपाना टेकपाना

असार २०, २०७९ १४:२८

बेलायती सेनाको युट्युब र ट्वीटर अकाउन्ट ह्याकरको कब्जामा

काठमाडौं । बेलायती सेनाको आधिकारिक ट्वीटर र युट्युब अकाउन्ट कब्जामा लिई ह्याकरले क्रिप्टोकरेन्सीको प्रचार गरेका छन् । बेलायतकाे रक्षा मन्त्रालयले सेनाको सामाजिक सञ्जाल अकाउन्ट ह्याक भएको विषय पुष्टि गरेकाे छ ।

‘सेनाको ट्वीटर र युट्युब अकाउन्ट ह्याक गरी क्रिप्टो प्रचार गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेनाले यसलाई महत्त्वका साथ अध्ययन गरिरहेकाे छ ।’

ह्याकरले सेनाको ट्वीटर पेजकाे नाम परिवर्तन गरेर एआरके इन्भेष्टमेन्ट राखेका थिए । साथै युट्युब च्यानल ह्याक गरी त्यसमा भएका सम्पूर्ण भिडिओ डिलिट गरिएको थियो । भिडिओको स्थानमा क्रिप्टोसँग सम्बन्धित सामग्री राखिएको थियो ।

हाल दुवै अकाउन्ट पूर्णरुपमा सञ्चालनमा आइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३