close

आईफोनबाट यसरी गर्नुहोस् गोप्य च्याट

टेकपाना टेकपाना

असार २०, २०७९ १६:३८

आईफोनबाट यसरी गर्नुहोस् गोप्य च्याट

काठमाडौं । कुनै पनि च्याटिङ प्लेटफर्ममा भएका आफ्ना गोप्य च्याट अरुले हेर्छन् कि भन्ने डर तपाईंलाई पनि हुनसक्छ । सामान्यतया, मेसेज, फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप लगायतका प्लेटफर्ममा सहजै पहुँच पुर्‍याउनसक्ने सम्भावना हुन्छ ।

आईफोन प्रयोगकर्ताका लागि भने एप्पलले कुनै अरु एप प्रयोग नगरी फोनमै भएको ‘नोट्स’ एपमा रियल-टाइम (वास्तविक समय) मा नै गोप्य मेसेज पठाउनसक्ने व्यवस्था गरेको छ । 

आईफोनको नोट्स एप प्रयोग गरेर यसरी पठाउनुहोस् गोप्य मेसेज 

– आईफोनको नोट्स एपमा जानुहोस् ।

– स्क्रिनको दायाँपट्टि सबैभन्दा तल भएको न्यु नोटको आइकन (चार कुनाको पानाभित्र भएको कलम) मा क्लिक गर्नुहोस् ।

– आफ्नो मेसेजको टाइटल र मेसेज लेखी स्क्रिनको माथि दायाँतिर भएको ‘डन’ अप्सनमा क्लिक गर्नुहोस् ।

– मेसेज टाइप गरिसकेपछि स्क्रिनको माथि दायाँतिर गोलाकारमा तीनवटा थोप्ला भएको आइकनमा क्लिक गर्नुहोस् र पपअप नोटिफिकेसनमा शेयर नोटमा क्लिक गर्नुहोस् ।

– सबैभन्दा अन्तिममा देखाइएको ‘शेयर अप्सन्स’ मा क्लिक गर्नुहोस् र ‘एनिवान क्यान एड पिपुल’ अप्सनको टोगललाई बन्द गरिदिनुहोस् ।

– यसपछि ब्याक गर्नुहोस् र कुन माध्यमबाट इन्भिटेसन पठाउने हो, सो एपमा क्लिक गर्नुहोस् । सो व्यक्तिलाई एड गर्नको लागि उक्त व्यक्तिको नम्बर अथवा ईमेल आईडी राख्नुहोस् र आफूले चाहेको एपमार्फत इन्भिटेसन पठाउनुहोस् ।

तपाईंले चाहेको व्यक्तिले तपाईंको इन्भिटेसन एक्सेप्ट गरेपछि तपाईंहरू दुईजनाले तपाईंले क्रियट गर्नुभएको नोट्समा रियलटाइम च्याट गर्न सक्नुहुन्छ । उक्त नोट दुईमध्ये कोहीले एकले हटाउन पनि सकिन्छ ।

यसरी आफूले चाहेको व्यक्तिसँग गोप्य कुरा गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३