close

वनप्लस स्मार्टफोनको मूल्य बढ्यो

टेकपाना टेकपाना

असार २०, २०७९ १७:३४

वनप्लस स्मार्टफोनको मूल्य बढ्यो

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी वनप्लसले नेपाली बजारमा आफ्ना दुई स्मार्टफोन माेडलको मूल्य बढाएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० देखि सरकारले विलासिताका वस्तुहरुमा भन्सार कर वृद्धि गरेपछि कम्पनीले स्मार्टफोनको मूल्य पनि बढाएकाे हाे ।

सरकारले हाल २.५ प्रतिशतले कर वृद्धि गरेर ५ प्रतिशत बनाएको छ ।

यसपछि कम्पनीले नाेर्ड सीई टु लाइटको मूल्य ४० हजार ९९९ रुपैयाँ पुर्‍याएको छ । यो स्मार्टफोनको पुरानो मूल्य ३९,९९९ थियो ।

त्यस्तै नाेर्ड सीई टुको मूल्य ४८,९९९ रुपैयाँ पुर्‍याइएको छ । यो फोनको पुरानो मूल्य ४७ हजार ४९९ रुपैयाँ थियो ।                        

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३