close

नेपाली बजारमा नयाँ इन्भर्टर एसी, वाई-फाईबाट कन्ट्रोल गर्न सकिने

टेकपाना टेकपाना

असार २०, २०७९ १८:५

नेपाली बजारमा नयाँ इन्भर्टर एसी, वाई-फाईबाट कन्ट्रोल गर्न सकिने

काठमाडौं । नेपाली बजारमा माइडिया ब्राण्डकाे नयाँ ब्रिजलेस इन्भर्टर एसी (एयर कन्डिसनर) भित्रिएकाे छ । एयर एक्सपर्ट नेपालले भित्र्याएकाे याे एसीमा निरन्तर समानरूपमा हावा प्रवाह हुने र ८० प्रतिशत बिजुली खपत गर्ने लगायतका विशेषता छन् ।

कार्यालय, आवास तथा व्यावसायिक क्षेत्रका लागि याे एसी उपयुक्त रहेकाे कम्पनीकाे भनाइ छ । कम्पनीका अनुसार कम वा उच्च तापमान दुवै क्षेत्रमा यसले प्रभावकारी रुपमा कार्य गर्नसक्छ ।

यसमा ट्विन फ्ल्याप टेक्नोलोजी, डुअल नानो-होल र एस-विङ साइड एयर भेन्टहरूले समान रूपमा हावा प्रवाह गर्ने जनाइएको छ । साथै ४० सेकेन्डभित्र नै यसले सही तापमान समायोजन गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यसमा रहेकाे वाई-फाई कन्ट्रोल फिचरले स्मार्टफोन वा ट्याब्लेटबाटै एसी चलाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३