close

अब ‘कर्पोरेट पे’ मार्फत नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने

टेकपाना टेकपाना

असार २०, २०७९ १८:५३

अब ‘कर्पोरेट पे’ मार्फत नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने

काठमाडौं । अब ‘कर्पोरेट पे’ मार्फत नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने भएको छ ।

कोषको कर्मचारी बचत वृद्धि अवकाश योजनाअन्तर्गत कार्यालय तथा संघ-संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कर्पोरेट पे प्रणाली वा एनसीएचएलका सदस्य बैंक-वित्तीय संस्थाका कुनै पनि बैंक शाखाबाट कोषमा रकम जम्मा गर्नसक्ने छन् ।

यसअन्तर्गत संघ-संस्थाहरुले संयुक्तरुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई-सर्भिस पोर्टलमार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी  गर्न सक्नेछन् ।

यसरी २० लाख रुपैयाँसम्मको रकम रियल-टाइम अर्थात् वास्तविक समयमै र सोभन्दा माथि २० करोड रुपैयाँसम्मको रकम नन-रियल टाइममा जम्मा गर्न सकिने बताइएकाे छ ।

सोमबार एक सूचना जारी गर्दै कोषले बैंक वित्तीय संस्थाका संस्थागत ग्राहकहरुले आवश्यक विवरण उपलब्ध गराई बैंक वित्तीय संस्थामार्फत सो रकम जम्मा गर्नसक्ने जानकारी दिएको हो ।

साथै संघसंस्था आफैंले पनि कर्पोरेट पेमार्फत उक्त भुक्तानी खाताबाटै गर्न सकिने सूचनामा उल्लेख छ ।

संस्थागत ग्राहकहरूले यसमा लिंकमा गई लगइन गरी service payment अप्सनभित्र रहेको government payment अन्तर्गतको CIT Phatbari मा सम्बिसन नम्बर तथा अफिस कोड दाखिला गरी कर्पोरेट पे मा लिंक गरिएको आफ्नो खाताबाट भुक्तानी गर्न सक्नेछन् ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३