close

जापानमा टेलिकम सेवा अवरुद्ध हुँदा ४ करोड प्रयोगकर्ता प्रभावित 

टेकपाना टेकपाना

असार २१, २०७९ १२:२७

जापानमा टेलिकम सेवा अवरुद्ध हुँदा ४ करोड प्रयोगकर्ता प्रभावित 

काठमाडौं । शनिबार जापानमा टेलिकम सेवा अवरुद्ध हुँदा चार करोड प्रयोगकर्ता प्रभावित भएका छन् । 

जापानको केडीडीई कर्पको टेलिकम सेवा अवरुद्ध हुँदा चार करोड प्रयोगकर्ताहरू भोइसकल र डेटा कम्युनिकेसन सेवाबाट बञ्चित भएका हुन् । रातीको १:३५ बजे आएको समस्याले प्रयोगकर्ताहरू प्रभावित भएका हुन् । प्राप्त रिपोर्ट अनुसार कुल प्रयोगकर्ता संख्या मध्ये २ लाख ६०,००० कर्पोरेट प्रयोगकर्ताहरू थिए । 

रातीको समयमा भएको समस्याका कारण व्यक्तिगत प्रयोगकर्ता भन्दा पनि कर्पोरेट प्रयोगकर्ताहरू बढि प्रभावित भएको जनाइएको छ । सेवा अवरुद्ध हुँदा मौसम विज्ञान एजेन्सीको मौसम डेटा, बैंकको टेलर मेसिन, भुक्तानी मेसिन, पार्सल डेलिभरी लगायत सेवाहरूलाई प्रभावित पारेको थियो । 

सेवा प्रवाह हुने उपकरणमा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ । यो समस्याले सोमबार सम्म पनि प्रयोगकर्ताहरूलाई असर गरिरहेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३