close

प्रहरीको वेबसाइट ह्याक गरि एक अर्ब भन्दाबढी चिनियाँ नागरिकको विवरण बिक्रीमा

टेकपाना टेकपाना

असार २१, २०७९ १५:१९

प्रहरीको वेबसाइट ह्याक गरि एक अर्ब भन्दाबढी चिनियाँ नागरिकको विवरण बिक्रीमा

काठमाडौं । एक ह्याकरले साङ्घाई पुलिसको वेबसाइट ह्याक गरि एक अर्ब चिनियाँ नागरिकहरूको व्यक्तिगत विवरण प्राप्त गरेको दाबी गरेको छ । यदि यो दाबी सही सावित भएमा यो डेटा चोरी इतिहासको सबैभन्दा ठूलो चोरी हुने बताइएको ।

अन्तर्राष्ट्रिय सञ्चार माध्ययम रोयटर्सका अनुसार ‘चाइनाड्यान’ नाम भएको एक अज्ञात व्यक्तिले ह्याक गरेको हो । २३ टेराबाइटको उक्त डेटा ह्याकर फोरम ‘ब्रिच फोरम’ मा दुई लाख डलर बराबरको १० वटा बिटक्वाइनमा बिक्रीका लागि राखिएको छ ।

उक्त ह्याकरले एक अर्ब भन्दा बढि चिनियाँ नागरिकको विवरण भएको साङ्घाई नेशनल पुलिसको डेटाबेस चोरी यसै वर्ष ह्याक गरिएको बताएको रोयटर्समा उल्लेख छ ।

डेटाबेसमा चिनियाँ नागरिकहरूको नाम, ठेगाना, जन्मस्थान, राष्ट्रिय परिचयपत्रको नम्बर, मोबाइल नम्बर लगायत सो व्यक्तिहरूको आपराधिक विवरण पनि उपलब्ध भएको ह्याकरले आफ्नो पोस्टमा उल्लेख गरेको छ ।

यस विषयमा साङ्घाई राज्य तथा प्रहरी विभागले पनि केही प्रतिक्रिया नदिएको रोयटर्समा उल्लेख छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३