close

राष्ट्रपति भण्डारीको तस्बिर प्रयोग गरि छात्रवृतिको नाममा नक्कली फेसबुक पेज

टेकपाना टेकपाना

असार २१, २०७९ १६:२

राष्ट्रपति भण्डारीको तस्बिर प्रयोग गरि छात्रवृतिको नाममा नक्कली फेसबुक पेज

काठमाडौं । छात्रवृतिको नाममा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर प्रयोग गरि नक्कली फेसबुक पेज बनाइएको पाइएको छ । ‘अनुदान’ नामको फेसबुक पेजमा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर सहितको विभिन्न विज्ञापनहरू पोस्ट भएका छन् ।

विज्ञापनमा नेपाली जनताको लागि छात्रवृत्ति भन्दै राज्यले हजार डलरसम्मको अनुदान दिने भनेर बताइको छ । ‘राज्य सहायताको लागि अहिले दर्ता गर्नुहोस् र नेपालमा प्रति परिवार हजार डलर पाउनुहोस्,’ विज्ञापनमा उल्लेख छ ।

हाल सम्म १९३ पेज लाइक भएको यो पेजमा राष्ट्रपति भण्डारीको फोटो सहितको जम्मा तीनवटा फोटो पोस्ट भएका छन् । सबै फोटोमा छात्रवृत्तिको लागि अहिले नै दर्ता गर्नको लागि आह्वान गरिएको छ ।

पोस्ट भएका तस्बिरहरूमा केहीले यो अनुदानको लागि इच्छुक भएको बताएका छन् भने केहीले सरकारलाई गालीगलौज पनि गरेका छन् । केहीले भने यो पोस्ट फिसिङ पोस्ट भएको कारण यसमा दिइएको लिंकमा क्लिक नगर्न आग्रह गरेका छन् । यी पोस्टहरू २०० पटक भन्दा बढि शेयर भएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३