२०७९, २६ श्रावण बिहिबार   |  
Thursday 11th August 2022

युट्युबमा अश्लील भिडिओ राख्ने प्रवेश लामा पक्राउ

youtuber arrest

काठमाडौं । युट्युब च्यानलमा अश्लील शीर्षक सहितका अश्लीलता झल्किने भिडिओ सामग्री राखेको भन्दै साइबर ब्युरोले एकजना युट्यबुरलाई पक्राउ गरेको छ । ब्युरोले सोमबार फोर रियल टिभी (4 Real TV) नामक युट्यबु च्यानलका सञ्चालक २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो ।

नुवाकोट घर भई हाल काठमाडौंको बौद्ध तीनचुलेमा बस्दै आएका लामाले आफ्नो च्यानल मार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडिओ बनाएर सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा पक्राउ गरी ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।

जिल्ला अदालतको आदेशमा थप पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team