close

गेमिङलाई लक्षित गर्दै एसुसले ल्यायो १८ जीबी र्‍याम भएको रग फोन

टेकपाना टेकपाना

असार २१, २०७९ २०:२७

गेमिङलाई लक्षित गर्दै एसुसले ल्यायो १८ जीबी र्‍याम भएको रग फोन

काठमाडौं । एसुसले गेमिङलाई लक्षित गर्दै दुई नयाँ स्मार्टफोन ल्याएको छ । कम्पनीले रग फोन सिक्स र रग फोन सिक्स प्रो गरी दुई ओटा मोडेल घोषणा गरेको हो ।

क्वालकमको स्न्यापड्रागन एट जेन वान प्रोसेसरमा आधारित दुवै मोडेलका फोनमा ५१२ जीबीसम्मको स्टोरेज दिइएको छ । यसका साथै यी फोनमा ६.७८ इञ्चको ओलेड स्क्रिन, १६५ हर्जको रिफ्रेश रेट र ७२० हर्जको टच स्याम्पलिङ रेट पाउन सकिन्छ ।

फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्रीका साथै पछाडि भागमा तीन ओटा क्यामेरा दिइएको छ । फोन सिक्सको मूल्य ९९९ युरो र फोन सिक्स प्रोको मूल्य १२९९ युरोबाट सुरु हुन्छ ।

सुरुवातमा बेलायत र युरोपमा सार्वजनिक हुने यी फोनहरू त्यसपछि विश्वका अन्य बजारमा उपलब्ध एसुसले बताएको छ । रग फोन सिक्स कालो र सेतो रङ्गमा आउनेछ भने सिक्स प्रो सेतो रङ्गमा मात्रै पाउन सकिनेछ ।

यी दुवै मोडेलमा रहेको मुख्य भिन्नता भनेको सिक्स प्रोको पछाडि भागमा द्वितीय स्क्रिन हो । हेर्दा आकर्षक देखिए पनि त्यति व्यवहारिक भने लाग्दैन । यसका साथै तपाईँले प्रो मोडेलमा केही हदसम्म र्‍यामको भिन्नता समेत पाउन सक्नुहुनेछ ।

फोन सिक्समा १६ जीबी र प्रो मोडेलमा १८ जीबीको र्‍याम दिइएको छ । एसुसले स्पष्ट रुपमा यस्ता फोनहरू बनाइरहेको छ, जसलाई तपाईँले दैनिक प्रयोगका लागि समेत अपनाउन सक्नुहुनेछ ।

कम्पनीले पछिल्ला केही मोडेलयता विस्तारै आफ्ना रग फोनको डिजाइनमा समेत सुधार गर्दै लगेको देखिन्छ । जसलाई उसले गेमिङ फोनको रूपमा त्यति चर्को रूपमा प्रचार गरेको देखिँदैन । यद्यपि कम्पनीका यी फोन अझै गेमरलाई नै लक्षित छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३