close

रिब्रान्डिङ गरेर ‘जाम्न’ राखियो एक्सेल ट्रिपको नाम

टेकपाना टेकपाना

असार २१, २०७९ २१:४०

रिब्रान्डिङ गरेर ‘जाम्न’ राखियो एक्सेल ट्रिपको नाम

काठमाडौं । अनलाइन ट्राभल एग्रिगेटर प्लेटफर्म एक्सल ट्रिपलाई रिब्रान्डिङ गरी ‘जाम्न’ नाम दिइएको छ । नेपाली बोलचालको भाषामा प्रयोग हुने शब्द चयन गर्ने क्रममा कम्पनीको नाम परिवर्तन गरी ‘जाम्न’ राखिएको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र खड्काले बताए ।

‘जाम्न’को मोबाइल एप र अफिसियल वेबसाइट (Jaamna.com) बाट नेपालका पाँच ओटै आन्तरिक वायुसेवा कम्पनी र देशभित्रका एक हजार पाँच सयभन्दा बढी होटल बुक गर्न सकिन्छ ।

यो प्लेटफर्ममा डिजिटल भुक्तानीका माध्यमहरू ई–सेवा, फोन पे, खल्ती लगायत बैंकहरूको मोबाइल बैंकिङ एप र सम्पूर्ण स्वदेशी एवं विदेशी बैंकका कार्ड प्रयोग गरी नेपालभित्र होटेल र एयरलाइन्स बुक गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३