close

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम डाउन !

टेकपाना टेकपाना

असार २१, २०७९ २१:५३

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम डाउन !

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर डाउन भएको गुनासो विश्वभरका प्रयोगकर्ताले गर्न थालेका छन् । इन्टरनेट एप्लिकेसन तथा सेवाहरू अवरुद्ध भएको अनुगमन गर्ने वेबसाइट डाउन डिटेक्टरका अनुसार बेलायती दिउँसो ३ः५५ मिनेटको समयदेखि मेटा कम्पनीका एपमा समस्या देखिन थालेको हो ।

प्रयोगकर्ताहरूले एप तथा वेबसाइटबाट फेसबुकमा पहुँच पाउन नसकेको बताइरहेका छन् । साथै फेसबुक मेसेन्जरमा पहुँच पाउन समेत समस्या भइरहेको छ ।

फेसबुकको अभिभावक कम्पनी मेटाकै स्वामित्वमा रहेको इन्स्टाग्रामले समेत समस्याको सामना गरिरहेको छ । यसरी सेवा अवरुद्ध हुनुको कारण भने स्पष्ट भइसकेको छैन ।

खासगरी अमेरिकामा न्युयोर्क सहितका ठूला सहरका साथै बेलायतको लण्डन, म्यानचेस्टर र बर्मिङ्घम जस्ता स्थानहरूबाट यस्तो गुनासो आइरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३