close

विद्युतीय कार बजारमा विश्व धनाढ्यबीच तीव्र प्रतिस्पर्धा, बफेटको बीवाईडी मस्कको टेस्ला भन्दा अघि

टेकपाना टेकपाना

असार २२, २०७९ १२:२

विद्युतीय कार बजारमा विश्व धनाढ्यबीच तीव्र प्रतिस्पर्धा, बफेटको बीवाईडी मस्कको टेस्ला भन्दा अघि

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो र पाँचाै नम्बरमा रहेका एलन मस्क र वारेन बफेटबीच विद्युतीय गाडीको बिक्रीमा प्रतिस्पर्धा गरिरहेका छन् । एकातर्फ मस्क विश्व चर्चित विद्युतीय ब्राण्ड टेस्लाका मालिक हुन भने अर्कोतर्फ बफेट चिनियाँ कार निर्माता कम्पनी बीवाईडीका लगानीकर्ता हुन् ।

बीवाईडीमा उनको कम्पनी वर्कसायर ह्याथवेको लगानी रहेको छ । चीनको सान्जेनमा रहेको बीवाईडीले सन् २०२१ को पहिलो ६ महिनामा ६ लाख ४१ हजार विद्युतीय सवारी बिक्री गर्न सफल भएको छ ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनमा ३०० प्रतिशतले बढी हो । जबकी टेस्लाले यो अवधिमा ५ लाख ६४ हजार गाडी मात्रै बिक्री गरेको छ ।

सन् २०२१ को दोस्रो त्रैमासिकमा आपूर्ति श्रृङ्खला र चिनियाँ बजारमा बिक्रीमा परेको असर टेस्लाको बिक्रीमा परेको हो । कोभिडका कारण जारी गरिएको लकडाउन र यात्रामा लगाइएको प्रतिबन्धका कारण चीनमा रहेको टेस्लाको सञ्चालन प्रभावित भएको छ । त्यतिमात्र नभएर बीवाईडीले ब्याट्री उत्पादनमा दक्षिण कोरियाली कम्पनी एलजीलाई समेत पछि पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३