close

साझा यातायातका विद्युतीय बस महिला चालकले गुडाउने

टेकपाना टेकपाना

असार २२, २०७९ १३:२८

साझा यातायातका विद्युतीय बस महिला चालकले गुडाउने

काठमाडौं । साझा यातायातले भित्र्याएका विद्युतीय बस महिला चालकहरूले चलाउने भएका छन् । त्यसका लागि चार जना महिना चालक र पाँच जना महिला सह चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिन थालिएको साझा सहकारी संस्था लिमिटेडले जनाएको छ ।

“हाम्रो नयाँ विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकलाई प्राथमिकता दिने हाम्रो योजना छ,” साझा यातायातले भनेको छ । साझा यातायातका तीन ओटा विद्युतीय गाडी यस अघि नै काठमाडौं आइपुगिसकेका छन् ।

सार्वजनिक सवारीतर्फ विद्युतीय गाडी गुडाउने उद्देश्य सहित साझाका लागि चीनको नान्जिङ स्थित कारखानामा आवश्यक बस निर्माण भइरहेका छन् । पहिलो चरणमा साझाले ४० ओटा विद्युतीय बस सञ्चालनमा ल्याउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३