close

नेपाली प्लेयरका लागि पब्जी गेमको आधिकारिक प्रतिस्पर्धा हुँदै, भोलिदेखि टिम दर्ता गर्न सकिने

टेकपाना टेकपाना

असार २२, २०७९ १६:९

नेपाली प्लेयरका लागि पब्जी गेमको आधिकारिक प्रतिस्पर्धा हुँदै, भोलिदेखि टिम दर्ता गर्न सकिने

काठमाडौं । नेपालको आफ्नै पब्जी मोबाइल प्रतियाेगिताका लागि भोलि बिहीबारदेखि रजिस्ट्रेसन खुला हुने भएको छ । नेपाली प्लेयरहरूका लागि मात्र भनेर आयोजना हुन गइरहेको पब्जी माेबाइल नेपाल सिरिजका लागि इच्छुक टिमले आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

पब्जी मोबाइल ई-स्पोर्टस साउथ एसियाले आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ । इच्छुक टिमहरूले २१ जुलाई अर्थात् साउन ५ गतेभित्र आफ्नो टिम रजिस्टर गर्न सक्नेछन् ।

प्रतियाेगिताका लागि रजिस्ट्रेसन गर्ने प्रक्रियाको विषयमा भने अहिले नै केही खुलाइसकेको छैन । यसका साथै प्रतियाेगिता कहिलेदेखि सुरु हुने भन्ने विषयमा पनि कुनै जानकारी बाहिरीसकेको छैन भने खेलको फर्म्याटको विषयमा पनि केही कुरा सार्वजनिक भएको छैन ।

प्रतियाेगिताको कूल पुरस्कार राशि (प्राइज पुल) भने १० लाख रुपैयाँको रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३