close

नेपालको साइबर ब्यूरोलाई दक्षिण कोरियाको १ अर्ब अनुदान सहयोग

टेकपाना टेकपाना

असार २२, २०७९ १७:४७

नेपालको साइबर ब्यूरोलाई दक्षिण कोरियाको १ अर्ब अनुदान सहयोग

काठमाडौं । दक्षिण कोरियाली सहयोगमा प्रहरी प्रधान कार्यालय अन्तर्गतको केन्द्रीय साइबर ब्यूरोको स्तरोन्नति हुने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले नेपालको साइबर सुरक्षालाई थप सुदृढ बनाउन ८० लाख डलर (एक अर्ब रुपैयाँ बढी) सहयोग गर्न लागेको हाे ।

बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर ब्यूरो स्थापनाकालका लागि दक्षिण कोरियाबाट आउने ८० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने जानकारी दिए ।

‘नेपाल प्रहरीको क्षमता विकास सहितको साइबर ब्यूरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ,’ उनले भने ।

यो रकम साइबर ब्यूरोको भौतिक र प्राविधिक पूर्वाधारको स्तरोन्नतिका साथै क्षमता अभिवृद्धिका लागि खर्च हुने बताइएकाे छ ।

दक्षिण कोरियाली सरकारको सहयोगमा साइबर ब्यूरोको फरेन्सिक ल्याबदेखि अन्य प्राविधिक पक्षहरूको स्तरोन्नति, जनशक्ति उत्पादन, स्रोत साधानको विकास तथा ब्यूरोको क्षमता अभिवृद्धि लगायतका काम गरिने छ ।

‘इस्टाब्लिसमेन्ट अफ साइबर ब्यूरो विथ क्यापासिटी बिल्डिङ फर नेपाल पुलिस’ नामक सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका हुन् । जसअुनसार कोइका नेपालले ६ वर्षको परियोजनाको लागि ८० लाख अमेरिकी डलर प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३