close

तपाईंको टिकटक पोस्ट क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

असार २२, २०७९ १८:५५

तपाईंको टिकटक पोस्ट क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । अब टिकटकमा अपलोड भएका पोस्ट क-कसले हेरे भनेर थाहा पाउन सकिने भएको छ ।

केही साताअघि परीक्षणका रुपमा सुरु भएको यो फिचर नेपाली प्रयाेगकर्ताका लागि उपलब्ध गराइएकाे छ ।

यसबाट प्रयोगकर्ताले आफ्ना पोस्ट भ्यु गर्ने फलोअर देख्नसक्छन् । एप अटो-अपडेटमा राख्नुभएको छैन भने यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले प्ले स्टोरमा गई टिकटक एप अपडेट गर्नुहाेस् ।

अपडेट भएपछि एप खोल्नाथ होमस्क्रिनमा ‘तपाईंका पोस्टहरू कसले हेर्‍याे हेर्नुहोस्’ (See who viewed your posts) भनेर नोटिफिकेसन देखाउँछ ।

यो फिचर प्रयोग गर्न टर्न अन (Turn on) मा ट्याप गर्नुहोस् ।

यसपछि तपाईंको पोस्ट कुन-कुन फलोअरले हेरे भनेर थाहा पाउन सकिन्छ ।

(नाेट: यो फिचर पछिल्लो सात दिनभित्र अपलोड भएका भिडिओ पोस्टमा मात्र उपलब्ध हुनेछ ।)

फिचर प्रयाेग गर्न मन लागेन भने एपकाे ‘सेटिङ एन्ड प्राइभेसी’ (Setting and Privacy) मा हुँदै प्राइभेसी (Privacy) अप्सनभित्र पाेस्ट भ्युज (post views) अफ गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३