२०७९, २६ श्रावण बिहिबार   |  
Thursday 11th August 2022

अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर, सहरको सुन्दरता बढाउन तार भूमिगत गर्ने योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आसपासका अव्यवस्थित तार हटाउने अभियान थालेकाे छ । अव्यवस्थित तारले जाेखिम निम्त्याएपछि महानगरले यसकाे व्यवस्थापन गर्न थालेकाे हाे ।

“अव्यवस्थित तारले बटुवा, सवारी साधनलाई असर गर्नुका साथै आगलागीकाे जाेखिम निम्तिएकाे र सहर नै कुरूप बनाएकाले महानगरले प्रयाेगमा नरहेका अव्यवस्थित तार हटाउन थालेको हाे,” महानगरका सह-प्रवक्ता महेशकुमार काफ्लेले टेकपानासँग भने ।

सहरको सुन्दरता बढाउन तार भूमिगत गर्ने योजनामा महानगरले अध्ययन गरिरहेको पनि उनले जानकारी दिए ।

सम्भवतः दुईदेखि तीन हप्तामा तारहरू कसरी भूमिगत गर्ने वा त्यसको विकल्पमा के गर्न सकिन्छ भन्ने कुराको निर्णय आइसक्ने उनले बताए ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team