close

एनसेलको नयाँ अफरः उही प्याक दोहोर्‍याएर लिँदा दोब्बर डेटा पाइने, भ्यालिडिटी पनि थपिँदै जाने

टेकपाना टेकपाना

असार २४, २०७९

एनसेलको नयाँ अफरः उही प्याक दोहोर्‍याएर लिँदा दोब्बर डेटा पाइने, भ्यालिडिटी पनि थपिँदै जाने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आकर्षक डेटा अफर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार ‘डबल मजा प्याक’ ल्याएको हो । 

यो अफरमा कम्पनीका ग्राहकले १२५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोलुम बनाउँदै अझ सस्तो दरमा मोबाइल डेटाको फाइदा लिन सक्नेछन् । यसको मतलब मानौँ तपाईँले सात दिनको समयसीमा रहेको पाँच जीबी डेटा करसहित १२५ रुपैयाँमा खरिद गर्नु भयो ।

प्याकको समयसीमा सकिनु अघि नै सो प्याक पुनः खरिद गर्नु भयो भने उही शुल्क अर्थात १२५ रुपैयाँमा एकैचोटी १० जीबी डेटा प्राप्त गर्नु हुनेछ । यो अफर असार २४ गते शुक्रबारबाट सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

समयावधि सकिनु अगावै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिँदै जानेछ । उदाहरणका लागि यदि तपाईँले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनः खरिद गरेमा नयाँ १० जीबी बाँकी डेटा भोलुममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन पुग्छ ।

प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिनेछ । यसरी जोडिँदै जाने कुल अधिकतम समयसीमा २८ दिन रहनेछ । ग्राहकलाई नवीन सेवा मार्फत उत्कृष्ट अनुभव दिने र त्यसको उचित मूल्य प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले बताए ।

“आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन पाइने हुँदा यो नयाँ डबल मजा प्याकले ग्राहकका लागि ठूलो महत्त्व राख्नेछ,” उनले भने । 

एनसेलका ग्राहकले *१७१२३#२२# डायल गरी यो प्याक खरिद गर्न सक्नेछन् । एनसेल एप, एनसेलको वेबसाइट र ईसेवा, खल्ती, आईएमईपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सकिनेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९