close

भारतीय दूरसञ्चार बजारमा अदानी ग्रुपको प्रवेश

टेकपाना टेकपाना

असार २५, २०७९ १९:२१

भारतीय दूरसञ्चार बजारमा अदानी ग्रुपको प्रवेश

काठमाडौं । भारतका अर्बपति गौतम अदानीको कम्पनी पनि दूरसञ्चार व्यावसायमा प्रवेश गर्ने भएको छ ।

अदानी ग्रुपको दूरसञ्चार क्षेत्रमा अप्रत्याशित प्रवेशले मुकेश अम्बानीको रिलायन्स जिओ र सुनिल भारती मित्तलको एयरटेललाई चुनौती पुग्ने अनुमान गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जुलाई २६ मा हुन गइरहेको फाइभजी एयरवेभको बोलकबोलमा चार कम्पनीले आवदेन दिने जानकारी बाहिरिएकाे छ । यसअन्तर्गत एयरटेल, जिओ र भोडाफोनसँगै अदानीको कम्पनी पनि सहभागी हुनेछ ।

भारतीय दूरसञ्चार क्षेत्रमा चौंथौ कम्पनीको प्रवेशले एयरटेल र जिओलाई हुने चुनौतीहरूको विषयमा चर्चा चल्न सुरु भएको छ ।

अदानी ग्रुपले हालै मात्र नेसनल लङ डिस्ट्यान्स र इन्टरनेशनल लङ डिस्ट्यान्सको लाइसेन्स प्राप्त गरेको छ ।

यो बोलकबोलमा जित्ने कम्पनीले २० वर्षसम्मका लागि फाइभजीको स्पेक्ट्रम प्रयोग गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३