close

फेसबुकमा विज्ञापन आएर दिक्क हुनुहुन्छ ? यसरी पाउनुहोस् मुक्ति

टेकपाना टेकपाना

असार २५, २०७९ २१:४८

फेसबुकमा विज्ञापन आएर दिक्क हुनुहुन्छ ? यसरी पाउनुहोस् मुक्ति

काठमाडौं । फेसबुकमा देखिने जथाभावी विज्ञापनले तपाईंलाई पनि वाक्क बनाएको होला । फेसबुक सामाजिक सञ्जालमात्र नभई वर्तमान समयमा मार्केटप्लेसको रुपमा समेत विकास भएको छ ।

विभिन्न विज्ञापन राखेर धेरै व्यक्तिसमक्ष आफ्नो व्यवसायबारे जानकारी पुर्‍याउन सकिन्छ । तर आफ्नो इच्छाविपरीत अनावश्यक विज्ञापन आएर हैरान पनि बनाउँछ ।

तपाईंले आफ्नो रुचिअनुसार कस्तो विज्ञापन फेसबुकमा देख्ने भनेर मिलाउन सक्नुहुन्छ । यसका लागि पहिले आफ्नो अकाउन्टको सेटिङमा जानुहोस् ।  

त्यसपछि तल रहेको Ads लाइ क्लिक गर्नुहोस् ।  

यसमा तपाईंले एड्भटाइजर्स (advertisers ), एड सेटिङ (Ad setting) देख्न सक्नुहुन्छ । एड प्रेफरेन्स परिवर्तन गर्दा तपाईंको रुचि अनुरुपको एड देखाउँछ । तर एड देखिने संख्या कम गर्ने भन्नेचाहीँ हुदैन ।  

Advertisers  सेक्सनमा तपाईंले भर्खर भर्खर हेरेको र क्लिक गरेको एड देखाउँछ । यी एडहरु फेसबुकले तपाईंको फेसबुक गतिविधि हेरेर तपाईंका लागि उपयुक्त मानेको एड हो । आफूलाई चित्त नबुझेको एड तपाईंले नदेखिने बनाउन अर्थात् हाइड (Hide) गर्न पनि सक्नुहुन्छ ।

एड्भर्टाइजरबाट एड हाइड गर्न hide ads बटनमा क्लिक गर्न गर्नुहाेस् । त्यस्तै तपाईंले Advertisers whose ads you’ve clicked मा गएर पनि आफूले क्लिक गरेका एड्सहरु हाइड गर्न सक्नुहुन्छ ।  

त्यस्तै Ad Topics मा गएर आफूलाई रुचि नभएको वा चित्त नबुझेको विषय सर्च गरेर नो प्रिफरेन्समा (No Preference) सेलेक्ट गर्न सक्नुहुन्छ ।  

यसरी तपाईंले आफूलाई चित्त नबुझेका वा रुचि नभएका एडहरु नदेखिने बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३