close

एसिया प्रसान्तको डिजिटल विकासका लागि चाल्नुपर्ने कदम

टेकपाना टेकपाना

असार २६, २०७९ १२:२२

एसिया प्रसान्तको डिजिटल विकासका लागि चाल्नुपर्ने कदम

साइमन लिन
अध्यक्ष, ह्वावे एसिया प्यासिफिक क्षेत्र, ह्वावे टेक्नोलोजिज

पछिल्लो दुई वर्ष विश्वका लागि गतिलाे पाठ बनेको छ । काेभिड-१९ महामारीले देशहरू आक्रान्त बन्दा सँगसँगै अवसरहरू पनि जन्मिए । मुख्यतः याे अवधिमा डिजिटल प्रविधिकाे व्यवहारिक प्रयाेगलाई धेरैले जोड दिए ।

व्यक्ति तथा व्यवसायहरूले विस्तारै डिजिटल प्रविधिलाई आत्मसात् गरिरहेका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको र विविधता भरिएको एसिया प्रसान्त डिजिटल प्रविधिलाई आत्मसात् गर्दै द्रुत आर्थिक विकास हासिल गर्ने सफल भइरहेको छ ।

म्याककिन्सेका अनुसार कोभिड-१९ का कारण विश्वमा सात वर्ष र एसिया प्रशान्तमा १० वर्षमा हुने डिजिटल रूपान्तरण हासिल भएको छ ।

यो विकासलाई आत्मसात् गर्नका लागि धेर देशले आफ्नो ‘नेसनल डिजिटाइजेसन प्लान’ नै सार्वजनिक गरेका छन् ।

सिंगापुरले स्मार्ट नेशनल २०२५, इन्डोनेसिया र मलेसियाले ‘गो डिजिटल’, बंगलादेशले डिजिटल बंगलादेश र नेपालले डिजिटल नेपाल फ्रेमवर्क र थाइल्याण्डले आफूलाई एसिया प्रसान्तकै डिजिटल हबको रुपमा विकास गर्ने योजना बनाएको छ ।

यस्तोमा एसिया प्रसान्तका लागि उत्कृष्ट सूचना तथा सञ्चार प्रविधिको समाधान आवश्यक छ । खुला र हरित उद्योग निर्माण हुन आवश्यक छ, जसले नयाँ आविष्कारलाई प्रोत्साहन गर्दै प्रविधि र प्रयोगमा देखिएको चुनौतीलाई कम गर्न मद्दत पुर्‍याउने छ ।

१. डिजिटल अर्थतन्त्रका लागि आईसीटी पूर्वाधारको निर्माण

अर्थतन्त्रको विकासमा आईसीटीको महत्व धेरै अघिबाटै प्रमाणित हुँदै आएको छ । कोभिड–१९ ले यसको महत्वलाई अझ थप उजागर गरिदिएको पक्कै हो । डिजिटल कनेक्टीभिटिले डिजिटल विभेदलाई कम गर्दै शिक्षा तथा रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ ।

व्यवसायीहरू पनि क्लाउड, कनेक्टिभिटी र एआईमार्फत आफ्नो व्यवसाय विस्तार गरिरहेका छन् । तर, यो प्रसान्त डिजिटल रुपमा समान रूपले तयार भएको छैन् । चीन डेटा तथा सूचनाबाट लाभ लिइरहेको छ । त्यहाँ फाइभजीको विस्तार द्रुतरुपमा अघि बढिरहेको छ ।

हाल देशका ४० प्रतिशत जनसंख्याको पहुँचमा फाइभजी पुगिसकेको छ । जब कि दक्षिणपूर्वी एसियाका कतिपय देशमा फाइजी भर्खरैमात्र सुरु भएकाे छ । भने, कतिपय देशमा अझै सुरु भएको छैन ।

दक्षिणपूर्वी एसियामा फोरजीको पहुँच ५० प्रतिशतमा छ भने फाइबर ब्रोडब्याण्ड तीन भागको एक भाग जनसंख्यामा मात्रै पुगेको छ ।

क्लाउडको पहुँच २० प्रतिशत जनसंख्यामा पनि पुगेको छैन । त्यो हुँदा डेटालाई अवसरमा रूपान्तरण गर्न र उद्योगलाई डिजिटलाइज्ड गर्न अझै बाँकी नै छ । फाइभजी प्रविधिको कुरा गर्ने हो भने प्रमुख औद्यौगिक क्षेत्रका लागि यो एउटा ‘गेम चेन्जर’ प्रविधिको रुपमा स्थापित भइसकेको छ ।

उदाहरणका लागि थाइल्याण्डको श्रीराज अस्पतालले कोभिड-१९ को समयमा विश्वकै पहिलो फाइभजी हस्पिटल स्थापना गर्‍यो, जसमा स्मार्ट लजिस्टिक, फाइभजी एम्बुलेन्स, स्मार्ट इन्भेन्टर म्यानेजमेन्ट सिस्टम लगायतका प्रविधिको प्रयोग भएका छन्, जसमार्फत् फाइभजीको उपलब्ध उच्च गतिकाे मद्दतले डेटा ट्रान्सफर गर्न र टेलिमेडिसिन सम्भव बनाएको छ ।

२. खुला तथा हरित इकोसिस्टम

मुख्यतया यतिबेला सबै देश, व्यवसाय र व्यक्तिमा समान प्रश्नका साथ खडा भएका छन् । अनिश्चितताले भरिएको अहिलेको यो अवस्थामा सुरक्षित भएर नयाँ आविष्कार कसरी गर्ने भन्ने सबैको प्रमुख चुनौती हो । यस्तोमा बढ्दो डिजिटल अर्थतन्त्र र कार्बनडाइजेशनको न्यूनीकरणले पक्कै पनि नयाँ अवसर सिर्जना गर्नेछ ।

त्यो हुँदा खुला र हरित इकोसिस्टमको आवश्यकता छ । त्यसका लागि एसिया प्रसान्तबीचको सहकार्यमा आईसीटीको इकोसिस्टमा निर्माण गर्नुपर्छ, जसले सरकार, सेवा प्रदायक, सम्बन्धित संस्था र प्रयोगकर्तालाई विभिन्न उद्योगमा रुपान्तरणका लागि अवसरहरू सिर्जना गर्नेछ ।

यसको राम्रो उदाहरण सिंगापुरमा रहेको ओपन ल्याब पनि हो, जसमा रोबोटिक र एआईसँग सम्बन्धित आवश्यक प्रविधिको निर्माण तथा अनुसन्धानका लागि कम्पनी, शैक्षिक संस्था, सरकारी निकायले सहकार्य गर्न सक्छन् ।

अर्कोतर्फ कार्बनलाई कम गर्दै हरिततर्फ बढ्नुपर्नेछ । यस्तोमा डिजिटल प्रविधिले निकै ठूलो भूमिका निर्वाह गर्नेछ । उदाहरणका लागि थाइल्याण्डका १२ सय स्टोरहरूमा स्मार्ट फोटोभोल्टिक (पीभी) रुफटप प्रयोग गरिएको छ ।

यसले हरेका वर्ष १३ सय टन कार्बन डाइअक्साइड कम गर्ने अनुमान गरिएको छ । त्यस्ता रुफटपमा प्रयोग भएको पीभीमा एआई र क्लाउड प्रयोग भएका छन्, जसमार्फत सोलारको उच्चतम् पावर उत्पादन सम्भव बनाएको छ ।

३. दिगो र समावेशितालाई आत्मसात्

अर्कोतर्फ हामी सबैलाई थाहाँ छ, अझै पनि विश्वको आधाभन्दा बढी जनसंख्या इन्टरनेट पहुँचभन्दा बाहिर छन् । एपनिक फाउन्डेसनका अनुसार एसिया प्रसान्तमा ४८.४ प्रतिशत जनसंख्याको पहुँचमा मात्रै इन्टरनेट रहेको छ ।

सन् २०२३ सम्म यो प्रतिशत बढेर ७२ प्रतिशत पुग्ने अनुमान गरिएको छ  । यसको अर्थ अझै पनि धेरै मानिस इन्टरनेट पहुँचभन्दा बाहिर छन् ।

बढ्दो डिजिट प्रविधिको दुनियाँमा इन्टरनेटको पहुँच भन्दा बाहिर रहँदा मानिस प्रविधिले सिर्जना गर्ने अवसरबाट चुकिरहेका छन् । मोबाइल पेमेन्ट, सरकारी सेवा, डिजिटल एजुकेसन र स्वास्थ्य जस्ता विषय प्रविधिमा आधारित भइरहेका छन् ।

त्यो हुँदा सबैलाई समेट्ने गरी दिगो र समावेशिताका अवधारणालाई आत्मसात् गर्न आवश्यक छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३