close

आउँदो मंगलबार सार्वजनिक हुँदै ‘नथिङ’ ब्राण्डको पहिलो फोन, के के होलान् फिचर ?

टेकपाना टेकपाना

असार २६, २०७९ २२:३०

आउँदो मंगलबार सार्वजनिक हुँदै ‘नथिङ’ ब्राण्डको पहिलो फोन, के के होलान् फिचर ?

काठमाडौं । नथिङ ब्राण्डको पहिलो स्मार्टफोन मंगलबार सार्वजनिक हुँदैछ । हालै कम्पनीले फाेनकाे डिजाइनसहितकाे तस्वीर सार्वजनिक गरेकाे छ ।

खबर अनुसार फाेनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा उपलब्ध हुनेछ । आजभोलि अन्य स्मार्टफोनमा तीनदेखि चारवटा मुख्य क्यामेरा हुने गर्छन् ।

नथिङकाे यो फोनमा भने दुईवटा मात्र मुख्य क्यामेरा छ ।  मोबाइलमा डुअल ओआईएस र ईआईएस प्रविधि उपलब्ध गराइएको छ, जसले एक अर्ब बढी रंगहरू सहितको भिडिओ रेकर्ड गर्नसक्ने बताइएकाे छ ।

साथै यो फोनमा नाइट मोड तथा सिन डिटेक्सन फिचरहरू पनि उपलब्ध छन् ।

वनप्लसका सह-संस्थापक कार्ल पेईको कम्पनी नथिङको पहिलो स्मार्टफोनमा स्न्यापड्रागन ७७८ प्लस एसओसी प्रोसेसर प्रयोग गरिएको छ ।

साथै फोनमा १२० हर्जको रिफ्रेसरेट सहितको डिस्प्ले उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३