close

मोबाइल सेवाको गुणस्तर मापनका लागि तयार भयो इन्टिग्रेटेड प्लेटफर्म, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

असार २७, २०७९ १३:२४

मोबाइल सेवाको गुणस्तर मापनका लागि तयार भयो इन्टिग्रेटेड प्लेटफर्म, यसरी हुनुहोस् सहभागी

काठमाडौं । मोबाइल सेवाको गुणस्तर मापनका लागि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टिग्रेटेड प्लेटफर्म सञ्चालनमा ल्याएको छ । जसमार्फत मोबाइल प्रयोगकर्ताले एप, वेब, युएसएसडी र आईभीआर जस्ता विभिन्न माध्यमबाट गुणस्तर सर्वेक्षणमा सहभागी हुन सक्नेछन् ।

गुणस्तर सर्वेक्षणमा प्राप्त प्रतिक्रियालाई इन्टिग्रेटेड प्लेटफर्ममा विश्लेषण गरी प्रतिवेदन तयार गरिने प्राधिकरणले जनाएको छ ।

यस्ता छन् सहभागी हुने तरिका

मोबाइल एप

प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि ‘NTA QoE Survey’ नामक मोबाइल एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा उपलब्ध गराएको छ । यसको अर्थ एप आईओएसमा भने उपलब्ध छैन् ।

उक्त एप डाउनलोड गरी आवश्यक जानकारी भरेर दर्ता गरेपश्चात् मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डेटाको गुणस्तर, शुल्क तथा आफूले भोगेको अनुभवका आधारमा सर्वेक्षणमा सहभागी हुन सकिने जनाइएको छ ।

वेब भर्सन

एपका साथै प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि वेब एप्लिकेशन समेत तयार पारेको छ । त्यसका लागि तपाईंले यहाँ क्लिक गर्न सक्नुहुनेछ । वेबमा मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डेटाको गुणस्तर, शुल्क तथा आफ्नो अनुभवका राखी सर्वेक्षणमा सहभागी हुन सकिने छ ।

युएसएसड कोड

मोबाइल फोनमा *३४५६७# डायल गरी युएसएसडी मार्फत मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डेटाको गुणस्तर, शुल्क तथा आफ्नो अनुभवका आधारमा सर्वेक्षणमा सहभागी हुन सकिने छ ।

आइभीआर सिस्टम

मोबाइल फोनमा ३४५६७ डायल गरी सोधिएका प्रश्नहरू सुनी सेवाग्राहीले आफ्नो अनुभवको सम्बन्धमा डायल प्याडमा प्रतिकृया जनाई सर्वेक्षणमा सहभागी हुन सकिने प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३