ट्रेन्डिङ:
टेलिकमको अनलिमिटेड भ्वाइस प्याकेज, अफ-नेटमा २५० मिनेट आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! टाटाको सस्तो विद्युतीय कार 'टाटा टियागो' सार्वजनिक, सिङ्गल चार्जमा २५० किमि गुड्ने फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड शपिङ गर्न सकिने सामसङ इन्टरनेटबारे तपाईँलाई कति थाहा छ ? जानिराख्नुहोस् यी विषय नेपाली बजारमा सामसङ एस २१ सिरिजको प्रि-बुकिङ शुक्रबारदेखि खुला गर्ने तयारी अन्ततः घरघरमा जोडिने भए स्मार्ट मिटर, विद्युत प्राधिकरणलाई फ्रिक्वेन्सी दिने सरकारको निर्णय के तपाईँले कहिल्यै मोबाइलमा भएको भर्चुअल र्‍याम प्रयोग गर्नु भएको छ ? आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल
close

टेलिकमको अनलिमिटेड भ्वाइस प्याकेज, अफ-नेटमा २५० मिनेट

टेकपाना टेकपाना

असार २८, २०७९

टेलिकमको अनलिमिटेड भ्वाइस प्याकेज, अफ-नेटमा २५० मिनेट

काठमाडौं । पोस्टपेड ग्राहक पछि नेपाल टेलिकमले आफ्नो स्प्रिङ अफर अन्तर्गत प्रिपेड प्रयोगकर्ताको लागि पनि नयाँ अफर ल्याएको छ । 

‘सजिलो अनलिमिटेड प्रिपेड प्याक’ नाम दिइएको यो अफर अन्तर्गत नेपाल टेलिकमका प्रिपेड प्रयोगकर्ताहरूले अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् । यो अफर अन्तर्गत प्रयोगकर्ताले ५९९ रुपैयाँमा नेपाल टेलिकम कै नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् भने नेपाल टेलिकम बाहेक अन्य नेटवर्कमा २५० मिनेट सम्म भ्वाइस कल गर्न सक्नेछन् ।

यो सेवा सुरु भएको २८ दिन सम्म लागू हुनेछ । प्रयोगकर्ताले *१४१५# डायल गरेर यो सेवा सुचारु गर्न सक्नेछन् । यसैगरी डेटा तर्फ भने ‘एड अन प्याक’ अफर अन्तर्गत प्रयोगकर्ताले  २८ दिन सम्म मान्य हुने गरी २८ जीबी डेटा २९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् ।

यो डेटा प्रति दिन १ जीबी प्रयोग गर्न सकिनेछ । यसको लागि भने *१४४२# डायल गरेर सेवा लिन सकिन्छ । यी दुवै सेवा नेपाल टेलिकमको एप मार्फत पनि सुचारु गर्न सकिन्छ ।