close

नीमा एकेडेमीको वार्षिक प्याकेजमा ३० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असार २८, २०७९ १४:३७

नीमा एकेडेमीको वार्षिक प्याकेजमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । नीमा एकेडेमी ई–लर्निङ प्लेटफर्मले गुरु पूर्णिमाको अवसर पारेर डिजिटल सिकाइका अफरहरू सहित ‘मनसुन अनलाइन एडुफेस्ट’ को तयारी गरको छ । ज्ञान मेलाको रुपमा कम्पनीले यो मेला आयोजना गर्न लागेको हो । बुधबारबाट सुरु हुने यो मेला एक हप्तासम्म चल्ने जनाइएको छ ।

नीमा एकेडेमीले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित, विशेष गरी कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन पाठ्यक्रमको बन्डल प्याकेज उपलब्ध गराउँदै आएको छ । यस्तोमा विद्यार्थीहरूलाई किफायती मूल्यमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने कम्पनीले गरी यो अफर सञ्चालन गर्न लागेको हो ।

अफर अन्तर्गत विद्यार्थीलाई कक्षा १ देखी १० सम्मका जुनकुनै पाठ्यक्रमहरूको वार्षिक प्याकेज खरिद गर्दा ३० प्रतिशतसम्म छुट पाउने छन् । नीमा एकेडेमीका अनलाइन कोर्ष विषयवस्तु/पाठ्यक्रम शिक्षण सामग्री (ईपुस्तक, भिडियो, खेल, हाजिरीजवाफ,असाइनमेन्ट र एनिमेसनमा आधारित) उपलब्ध छन् ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३