close

साओमीको २०० वाट चार्जर, ८ मिनेटमै फुल चार्ज हुने दावी

टेकपाना टेकपाना

असार २८, २०७९ १६:१३

साओमीको २०० वाट चार्जर,  ८ मिनेटमै फुल चार्ज हुने दावी

काठमाडौं । सन् २०२१ को मे महिनामा साओमीले आफ्नो २०० वाटको वायर चार्जर र १२० वाटको वायरलेस हाइपर चार्जरको घोषणा गरेको थियो । तर, हालसम्म १२० वाटको वायरलेस प्रविधिको बारेमा केही अपडेट भने आएका छैनन् ।

यसैबीच कम्पनीले २०० वाट हाइपर चार्ज प्रविधि सहितको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने विषय बाहिरिएको छ । कम्पनीको २०० वाट चार्जरले चिनको थ्रीसी (3C- China CCC Certification) प्रमाणीकरण निकायबाट स्वीकृत प्राप्त गरेको छ ।

मोडेल नम्बर एमडीवाई (MDY-13-EU) को नयाँ पावर एडप्टरले बढीमा २० भोल्ट/१० एम्पेयर (२०० वाट) चार्जिङ स्पिड सपोर्ट गर्ने जनाइएको छ । कम्पनीले प्राप्त गरेको थ्रीसी प्रमाणिकरणलाई लिएर २०० वाट क्षमताको चाँडै सार्वजनिक हुने अनुमान गरिएको हो।

साओमीको २०० वाट हाइपर चार्जरले स्मार्टफोन १० मिनेटभन्दा कम समयमा फुल चार्ज हुने बताइएको छ । यो वर्षको सुरुवातमा साओमीले एमआई १० अल्ट्रामा २०० वाट फास्ट चार्जिङको डेमो देखाएको थियो । फोनमा ४५०० एमएएच क्षमताको ब्याट्री रहेको थियो ।

२०० वाटको हाइपर चार्जरले ४००० एमएएच ब्याट्रीलाई ३ मिनेटमा ५० प्रतिशत चार्ज गर्ने बताइएको छ भने फूल चार्ज हुन थप पाँच मिनेट अर्थात कुल ८ मिनेट लाग्ने दावी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३