close

अब मोबाइल बैंकिङ नभए पनि क्यूआर भुक्तानी गर्न मिल्ने

टेकपाना टेकपाना

असार २८, २०७९ १८:१२

अब मोबाइल बैंकिङ नभए पनि क्यूआर भुक्तानी गर्न मिल्ने

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकले अब मोबाइल बैंकिङ बिना नै क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले र मोको डिजिटल वालेटसँगको सहकार्यमा यस्तो सुविधा सुरु गरेको हो ।

यद्यपि यसका लागि भिसाको डेबिट तथा क्रेडिट कार्ड भने हुनुपर्नेछ । ग्राहकले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरमा प्रयोग गर्न सक्नेछन् ।

दुवै संस्था बीचको सम्झौतासँगै सेन्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्ड तथा क्रेडिट कार्ड बाहकले सम्बन्धित कार्डको सर्त बन्देज तथा सुविधाको अन्तर्गत रहेर क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

मोको डिजिटल वालेटमा कार्ड लोड गरिसकेपछि विभिन्न प्रयोजनका लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने बताइएको छ । क्रेडिट कार्ड बाहकले समेत क्यूआर कोड स्क्यान गर्न मिल्ने यो सुविधा नेपालमै नयाँ भएको दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३