close

साओमीको मनसुन अफर, मोबाइल खरिदमा एयरफोन र नेक ब्यान्डमा विशेष छुट 

टेकपाना टेकपाना

असार २८, २०७९ १९:१

साओमीको मनसुन अफर, मोबाइल खरिदमा एयरफोन र नेक ब्यान्डमा विशेष छुट 

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले उपभोक्तालाई लक्षित गर्दै मनसुन अफर ल्याएको छ । जसअन्तर्गत रेड्मी नोट ११ सिरिज अन्तर्गतका रेड्मी नोट ११, रेड्मी नोट ११ प्रो, रेड्मी नोट ११ प्रो फाइभजी, साओमी १२ र साओमी १२ एक्स (८ जीबी/२५६ जीबी) मध्ये कुनैपनि मोबाइल खरिद गर्ने उपभोक्ताले विशेष छुट पाउनेछन् ।

जसमा रेड्मी इयरफोन र मी नेक ब्यान्ड ब्लुटुथ प्रोमा आकर्षक छुट दिइने कम्पनीले जनाएको छ । अफरअन्तर्गत साओमीले रेड्मी नोट ११, रेड्मी नोट ११ प्रो वा रेड्मी नोट ११ प्रो फाइभजी खरिद गर्ने ग्राहकले ८९९ रुपैयाँ पर्ने रेड्मी एयरफोन केवल १९९ रुपैयाँमै पाउनेछन् ।

त्यस्तै ८ जीबी तथा २५६ जीबीको साओमी १२ वा साओमी १२ एक्सको खरिदमा उपभोक्ताले ४०९९ रुपैयाँ पर्ने मी नेक ब्यान्ड ब्लुटुथ प्रो १४९९ रुपैयाँमै पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३