ट्रेन्डिङ:
फोनको वालपेपरमा यसरी राख्नुहोस् जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको तस्वीर  क्लिनफिडपछि ३० प्रतिशतले छाडे टेलिभिजनको रिचार्ज गर्न, अदालत जाने तयारीमा केबल व्यवसायी टेलिकमका कारण रोकियो प्रहरी, एम्बुलेन्स र दमकलको एउटै नम्बर बनाउने योजना तपाईँको फोनमा ई-सिम सपोर्ट गर्छ कि गर्दैन ? यसरी जाँच गर्नुहोस् ३५ सयले लिए टेलिकमकाे ई-सिम साझा यातायातको थप ३७ बिजुली बस नेपाल भित्रिदैँ १० कक्षासम्मका विद्यार्थीका लागि सरकारले ल्यायो मोबाइल एप, यसरी गर्नुहोस् प्रयोग अब आईओएस र एन्ड्रोइड डिभाइसबीच ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने अर्को वर्ष सार्वजनिक हुँदै जिपको पहिलो विद्युतीय गाडी नेपाली ह्याकरको सम्मेलन आउँदो भदौमा, सहभागिता निःशुल्क
close

फोनको वालपेपरमा यसरी राख्नुहोस् जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको तस्वीर 

टेकपाना टेकपाना

असार २९, २०७९

फोनको वालपेपरमा यसरी राख्नुहोस् जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको तस्वीर 

काठमाडौं । जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भइसकेका छन् । यी तस्वीरहरू ब्रह्माण्डको अहिले सम्मकै सबैभन्दा स्पष्ट र राम्रो गुणस्तरका तस्वीर रहेको दाबी छ । यी तस्वीरहरू आकर्षक र अर्थपूर्ण भएकाले यसलाई आफ्नो फोनको वालपेपरमा राख्न सक्नुहुन्छ । 

तस्बिरहरूको विवरणः 

क्यारिना नेबुला 

क्यारिना नेबुला आकासमा रहेको  सबैभन्दा ठूलो र चम्किलो नेबुला हो । जुन लगभग ७६०० प्रकाश वर्ष टाढा दक्षिणी नक्षत्र क्यारिनामा रहेको छ । नेबुला भनेको बाहिरी अन्तरिक्षमा रहेको ग्यास र धुलोको बादल हो । जुन रातको समयमा आकासमा देखिने गर्छ । क्यारिना नेबुला सूर्य भन्दा कैयौँ गुणा ठूला ताराहरूको घर हो ।

वास्प-९६ बी (स्पेक्ट्रम) (WASP-96 b (Specturm) 

वास्प-९६ बि सौर्य प्रणाली भन्दा बाहिर गरेको ठूलो ग्रह हो । जुन प्रायः ग्यासबाट निर्माण भएको हुन्छ । यो ग्रह पृथ्वीभन्दा ११५० प्रकाश वर्ष टाढा अवस्थित छ । यसले हरेक तीन/चार दिनमा आफ्नो ताराको परिक्रमा गर्ने गर्छ । यसको पिण्ड बृहस्पतिको पिण्ड भन्दा करिब आधाले कम छ । यसलाई सन् २०१४ मा पत्ता लगाएको घोषणा गरिएको थियो ।

दक्षिणी नेबुला चक्र 

दक्षिणी चक्र वा ‘एट ब्रस्ट’ नेबुला एक ग्रहसँग सम्बन्धित नेबुला हो । जुन डाइङ स्टार (आयु सकिन लागेको ताराहरू) को वरिपरि रहेको ग्यासका बादलको विस्तार भइरहेको स्वरूप हो । यो पृथ्वीभन्दा दुई हजार प्रकाश वर्ष टाढा रहेको छ । 

स्टेफेन क्वेनटेट 

स्टेफेन क्वेन्टेट २९० मिलियन प्रकाश वर्ष टाढा कन्सेलेसन पेगाससमा अवस्थित छ । यो सन् सन् १८७७ मा पत्ता लागेको पहिलो कम्प्याक्ट ग्यालेक्सी समूहको रुपमा परिचित छ । क्वेन्टेटमा रहेका पाँचवटा आकाशगंगा मध्ये चारवटा कस्मिकमा बन्द भएका छन् । 

स्माक्स ०७२३ 

स्माक्स ०७२३ (SMACS 0723 )  भोलान्स (Volans) को दक्षिणी नक्षेत्रभित्र रहेको आकाशगंगाको एक समूह हो । यसमा विशेष खोज गर्न हबल र अन्य टेलिस्कोपहरू भ्रमण गरिरहन्छन् ।

यसरी आईफोनमा राख्नुहोस् वालपेपर

माथि रहेका मध्ये कुनै फोटोमा केही बेर दबाउनु भयो भने त्यहाँ सेभको अप्सन देखिन्छ । त्यसपछि फोटोजमा गएर आफूलाई मन परेको फोटो छान्नुहोस् । त्यसपछि तलपट्टि वायाँ छेउमा रहेको शेयर आइकनमा ट्याप गर्नुहोस् । स्क्रोल गरेर तल जानुहोस्, त्यसमा ‘युज एज वालपेपर’ भन्ने अप्सनमा ट्याप गरेर वालपेपर राख्नुहोस् । 

यसरी एन्ड्रोइडमा राख्नुहोस् वालपेपर  

एन्ड्रोइड फोनमा वालपेपर राख्ने तरिका माथि भएका मध्ये आफूलाई मन परेको कुनै तस्बिरमा केही बेर छुनुहोस् । त्यसको तल डाउनलोड इमेजमा गएर सेभ गर्नुहोस् । त्यसपछि ग्यालरीमा गएर त्यो फोटो खोल्नुहोस् । त्यसपछि तल दायाँपट्टि रहेको तीनवटा डटमा ट्याप गर्नुहोस् । त्यहाँ सेट एज वालपेपर भन्ने अप्सन रहेको छ । त्यसमा गएर वालपेपर राख्न सक्नुहुन्छ ।